animated ellipse animated ellipse

पत्रकारविरुद्ध विषवमन गर्दै हर्क साम्पाङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ मंसिर २०८१, शुक्रबार ०७:५७
9
Shares
धरान /कुनैबेला धरानभित्रको बेथितिबारे कडा प्रश्न र आवाज उठाउँदै आएका अहिलेका मेयर हर्क साम्पाङ आफूतिर सोझिने प्रश्नप्रति भने ज्यादै असहिष्णु बन्ने गरेका छन् यो समाचार आजको उद्घोष दैनिकले छापेको छ।

यसपटक आफ्नो आलोचनात्मक समाचार लेख्ने पत्रकारहरुप्रति उनले देखाएको रवैयाले त उनी आफूतिर कुनै प्रश्न नै नउठोस् भन्ने सोचमा रहेको प्रमाणित गरेको छ ।

उनले धरानमा मनमौजी शासन गरेको भन्दै खोजमुलक समाचार लेखेका पत्रकार गोपाल दाहाल र त्यो समाचार सेयर गर्ने पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईप्रति मेयर साम्पाङ तल्लो तहमा झरेर जाइलागेका छन् ।

पदीय मर्यादा नसुहाउँदो भाषा र शैली प्रयोग गर्दै गालीगलौचमा उत्रेका हर्कको हर्कतविरुद्ध प्रेस जगतले आपत्ति प्रकट गरेको छ ।

बुधबार यसरी फेसबुकमार्फत पत्रकारहरुलाई उनको चिया अड्डामा बोलाएका हर्कले बिहीबार पत्रकारहरुसँग आधा घन्टाभन्दा बढी समय कुराकानी गर्दा पत्रकारहरुविरुद्ध विषवमन मात्रै गरे । त्यसक्रममा उनले पत्रकारहरुप्रति आक्रोश मात्रै पोखेनन्, उनीहरुले खानै नपाएर आफूविरुद्ध लेखेको लाञ्छनासमेत लगाए ।

आफू विश्वकै लागि उदाहरण बनिरहेको दाबी गरे अनि आफूले जाने जति अपशब्दहरु प्रयोग गर्दै पत्रकारहरुविरुद्ध खनिइरहे ।

आफूले नक्कली माओवादी बनेर चन्दा उठाएको कुरा अस्वीकार गर्दै उनले मुढेबलयुक्त तर्क मात्रै अघि सारेका छन् ।

उनले आफ्नो प्रशंसा आफै गरे ‘म धरानलाई अग्रगति दिने मान्छे, सारा विश्वलाई पोजिटिभ म्यासेज दिएर काम गर्न सक्ने स्रोतका रुपमा काम गरिरहेको छ ।

मलाई आरोप लाउनेहरुको सम्पत्तिको स्रोत के हो रु खुलाउन चुनौती दिन चाहन्छु । कस्तो जग्गामा बसेको छ रु कसरी घर बनायो रु कसरी भात खाइरहेको छ रु प्रश्न गर्न चाहन्छु । ’ उनले यसो भनेर उनको समाचार लेख्ने पत्रकारलाई भनेका हुन् ।

धरानमा बेथिति बढेको भन्ने विषयमा झनै आक्रोशित सुनिए उनी । ‘म देशलाई ऋणमुक्त गर्ने व्यक्ति हो । मेरै विरुद्ध लेखेर पत्रकारले आफै पतित हुने काम गरेको छ । नदीनाला बेचिएको, असमान सन्धी सम्झौताबारे किन खोजी किन गर्दैन रु खोज पत्रकारिता किन गर्दैन रु हर्क साम्पाङले गरेको विकास देखेन तेल्ले रु फटाहा, चोर, गधा रु देख्यो कि देखेन तेल्ले रु’

उनले पत्रकारहरुलाई दिएको धम्कीको बचाउसमेत गरेका छन । उनले बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै पत्रकारहरुको नामै तोकेर तथानाम गाली गर्दै धरानका पत्रकारलाई शीर ठाडो पारेर हिड्न नदिने धम्की दिएका थिए ।

साम्पाङको धम्कीपूर्ण अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले धम्कीप्रति आत्माआलोचना गर्नुको साटो अदालत र प्रहरी प्रशासनविरुद्धसमेत अभिव्यक्ति दिए । पत्रकारहरुले खान नपाएर समचार लेखेको गम्भीर आरोपसमेत लगाएका छन् ।

अधिकांश युवट्युबरहरुको उपस्थित रहेको पत्रकार सम्मेलनमा समाचारप्रति बिश्वास नभए कानूनी प्रक्रियातर्फ नगइकन धम्की दिनु राम्रो हो त भन्ने प्रश्नमा साम्पाङले आफूलाई अदालत र प्रहरी प्रशासनप्रति बिश्वास नभएको जवाफ दिएका छन् ।

आफूले बेथीति अत्य गर्न खोज्दा प्रहरी र अदालतको साथ नपाएको अवस्थामा कानूनी उपचार नखोजेको उनको गुनासो थियो । कानूनको ठेली बोक्नेहरु नै स्वतन्त्र मेयरको पक्षमा नभएको आरोप लगाउँदै उनले आफ्नो कानूनी उपचार नखोजेको बताए ।

साम्पाङले भने– ‘धरानमा श्रममा मात्र सुधार भएको छैन, आज हेर्नुस शिक्षामा सुधार भएको छ, स्वास्थ्यमा सुधार भएको छ कर्मचारीहरु डिसिप्लेन छन, एक रुपैया तलमाथि हुने बित्तिकै मैले त्यसलाई निकाल्ने गरेको छु तर उच्च अदालतले खाली ‘स्टेअर्डर’ दिनु हुँदैन अदालतलाई पनि म भन्न चाहन्छु अदालत र प्रहरीले साथ दिने हो भने दलाल फटाहरुलाई एक दिनमा तह लगाउँछु तर मलाई अदालत र प्रहरीले भनेजस्तो सहयोग गरेको छैन ।’

यही क्रममा सुनसरीका पत्रकारहरुले साम्पाङको धम्कीपूर्ण अभिब्यक्तिको बिरोध गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीमा बिहीबार भेला भएका सञ्चारकर्मीहरुले बारम्बार धम्कीपूर्ण अभिव्यक्ति नदिन साम्पाङलाई चेतावनी दिएका छन् ।

नेपाल पत्रकार महासंघ सम्वद्ध संघ संस्थाहरुका अगुवाहरुले पनि साम्पाङको धम्कीको घोर भत्र्सना र विरोध गर्दै पत्रकारप्रति पटक–पटक धम्की र गाली गर्दा लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् ।

केन्द्रीय समिति महासचिव रोशन पुरी, प्रदेश महासचिव विवेक गौतम, सुनसरी सचिव ध्रुव ढकाललगायतले विज्ञप्ति निकालेर साम्पाङको हर्कतको निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर