AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज थप ११ जना कोरोना संक्रमण थपिए , संक्रमितको संख्या ५७८ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ असार २०७७, मंगलवार १६:२२
3
Shares
विराटनगर / प्रदेश १ मा आज थप ११ जना कोरोना संक्रमण थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५७८ पुगेको छ ।

झापामा ५ , संखुवासभामा ३ , खोटाङमा १ र सुनसरीमा २ गरी ११ जनामा कोरोना संक्रमण थपिएको हो ।

झापाको मेचीनगर १ र कनकाईमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संखुवासभाको सभापोखरीमा ३ जना, सुनसरीको इनरुवामा २ जना र खोटाङको दिक्तेलमा १ जनामा कोरोना संक्रमण थपिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये कोशी अस्पतालमा ७, प्रदेश जनस्वास्थ्य प्रयोगशाला ३ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाँईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर