AArya
RUMPUM
animated ellipse animated ellipse

ज्येष्ठ नागरिकका अनुभव र ज्ञानलाई सबैले अनुशरण गर्नुपर्नेमा मेयर कोइरालाको जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० कार्तिक २०८१, शुक्रबार १८:०४
99
Shares
विराटनगर /विराटनगर ११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग तथा ध्यान केन्द्र)ले समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

समितिको चौथो वार्षिक साधारणसभाको अवसर पारेर विराटनगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा आज आयोजित कार्यक्रममा समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

अमेरिकामा बसेर पनि संस्थालाई सहयोग गर्ने समाजसेवी हेमराज राई र ज्येष्ठ नागरिक वडा कार्यसमिति अर्थात योग तथा ध्यान केन्द्रमा नियमित आउनुहुने ९० वर्षीया नेत्रकुमारी पौडेल खत्रीलाई सम्मान गरिएको थियो । उनीहरुलाई मेयर नागेश कोइराला, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीवी दाहाललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । समाजसेवी राईले संस्थालाई ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । राईले यसअघि पनि संस्थालाई सहयोग गर्दै आएका छन् ।

त्यस्तै सोही अवसरमा संस्थाका गतिविधि समेटेर तयार पारिएको स्मारिकासमेत विमोचन गरिएको थियो । मेयर कोइराला, वडाध्यक्ष नेउपाने, संस्थाका अध्यक्ष भट्टराई, सचिव इन्द्र खतिवडा, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, समाजसेवी चिरञ्जीवि दाहाल, पदमकुमार श्रेष्ठ, ज्येष्ठ नागरिक नगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, यादनरसिंह कार्की, वीरेन्द्र कार्कीलगायतले स्मारिकाको संयुक्त रुपमा विमोचन गरे । संस्थाका कोषाध्यक्ष भरत कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने कार्यक्रमको उद्देश्यमाथि सदस्य शोभा कोइरालाले प्रकाश पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिकको हक अधिकारका लागि तीनै तहको सरकार लाग्नु आवश्यक रहेको औंल्याए । मेयर कोइरालाले ८० वर्ष उमेर पार गरेको ज्येष्ठ नागरिकको घरमै पुगेर महानगरले निःशुल्क स्वास्थ्य चेकजाच गरी औषधिसमेत वितरण गर्दै आएको सुनाए । वैदेशिक रोजगारीलगायतका कारणले ज्येष्ठ नागरिकहरुमा एक्लोपन बढ्दै गएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे । भवनको ज्येष्ठ नागरिक सामुदायिक भवन रहेकामा साधारणसभाले ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग तथा ध्यान केन्द्र) नाम राख्ने प्रस्तावसमेत पारित गरेको सचिव इन्द्र खतिवडाले जानकारी दिए । समाजसेवी चिरञ्जीवि दाहाले निःशुल्क दान दिएको ८ घुर जग्गासहित २८ धुरमा निर्माण भएको भवनमा ज्येष्ठ नागरिकका लागि भजनकीर्तन, योग तथा ध्यानलगायतका विभिन्न गतिविधि हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर