खबर पूर्वाञ्चल
विराटनगर– १२ रोडशेष चौकदेखि दक्षिणमा रहेको संगम गीत गजलमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको ब्यूरो टोली र मोरङ प्रहरीदेखि खटिएको टोलीले छापा हानेर संचालक बिमल मुखियासहित १२ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाखालदेखि २ लाख ३० हजार भन्दा बढी रकम बरामद गरेको छ । गजलमा राती ९ बजेसम्म रमाइलो गरेपछि जुवा खल्ने गरेको प्रहरीलाई सूचना आएको थियो । त्यही सूचनालाई लिएर प्रदेशको ब्यूरो र मोरङ प्रहरीले शुक्रबार राती छापा मारेको थियो ।
‘जुवा खालदेखि १२ जनालाई पक्राउ गरेर ल्याएका छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ स्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा होटल संचालकदेखि प्रहरीसम्म जुवा खालमा रहेको बुझिएको छ । प्रदेश प्रहरीका एक जना प्रहरी पनि जुवा खालदेखि पक्राउ परेका छन् ।