पूर्वाञ्चल खबर


कार्यक्रममा कलेजका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गिण विकासका लागि प्रशासनिक वा व्यवस्थापकीय दृष्टिकोणबाट कुनै कमि हुन नदिने भन्दै हाम्रा विद्यार्थी पनि सोहि अनुसार अब्बल होउन भन्ने आशा रहेको बताए । विगतका नतिजाहरुले पनि एभरेष्टका विद्यार्थी अब्बल रहेको पुष्टि गरिसकेको भन्दै उहाँले अहिलेका विद्यार्थीहरुले पनि प्रमाणित गर्ने विश्वास ब्यक्त गरे। प्रिन्सिपल पुरीले अहिले कुनै एक विद्यालय, एक शहर वा एउटा देशका विद्यार्थीबिचको प्रतिष्पर्धा नभएर विश्वभरका विद्यार्थीहरुबिचको प्रतिष्पर्धाको युग रहेको चर्चा गर्दै विद्यार्थीले पनि सोहि अनुसार आफूलाई तयार गर्नुपर्ने सुझाव दिए । ‘हामीले हाम्रा विद्यार्थीले विश्वसँग प्रतिष्पर्धा गर्नुपर्छ भनेर नै सोहि अनुसारको वातावरण बनाएका छौं,‘ उहाँले भने, ‘डिजी स्कुल, एआईको अध्यापन तथा अन्तर्राष्ट्रिय प्ल्याटफर्मको सहभागिताहरु त्यसका उदाहरण हुन् ।’ प्रिन्सिपल पुरीले अहिलेको जमाना सूचना प्रविधि र ए आईको जमाना रहेको भन्दै एआईको सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए। उनले शैक्षिक ज्ञानमात्र पर्याप्त नहुने भन्दै सम्बन्धित विषयका अतिरिक्त कुराहरुपनि सिक्न र सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत गाएर , नृत्य प्रस्तुत गरेर र वाद्यवादन बजाएर मनोरञ्जन समेत गरेका छन् । कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालयका विभागीय प्रमुखहरु, शिक्षक कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।
यसैबिच विद्यालयमा एक दशक भन्दा बढी समय प्रशासनका क्षेत्रमा काम गरेका कर्मचारी कृष्णकुमार ठाकुरलाई सम्मान समेत गरिएको छ ।