AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

झापा र पाँचबाट ४ जना फरार प्रतिवादी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ आश्विन २०८०, मंगलवार २१:०५
108
Shares
विराटनगर / झापा र पाँचथरबाट प्रहरीले ४ जना फरार प्रतिवदीलाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत झापाको २०७९/११/१५ गतेको फैसला आदेशले लागुऔषध मुद्धामा २ महिना कैद र १२ हजार जरिवाना तोकिएका बिर्तामोड नगरपालिका–३ का २९ बर्षीय सोम बहादुर राईलाई पक्राउ गरेको हो ।

यसैगरी उच्च अदालत बिराटनगरको २०७८/११/२५ गतेको फैसला आदेशले बैकिङ कसुर मुद्धामा ६ लाख ४५ हजार ३ सय जरिवाना तोकिएका दमक–१ का खडानन्द भण्डारी र लागुऔषध मुद्धामा जिल्ला अदालत झापाको मिति २०८०/०१/१४ गतेको फैसला आदेशले १ बर्ष ३ महिना १९ दिन कैद तथा १५ हजार जरिवाना तोकिएका डमरु दासलाई सोमबार नै पक्राउ गरेको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्धामा जिल्ला अदालत पाँचथरको सजाय निर्धारण फैसला आदेशले १ बर्ष कैद र २५ हजार जरिवाना तोकिएका हिलिहाङ गाउँपालिका–७ का ५६ बर्षीय नर बहादुर धमलालाई सोमवार नै पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा अदालतले तोकिएको सजाय भुक्तानको लागी सम्बन्धित जिल्ला कारागारहरुमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर