AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एम्स कलेज मानयो अंग्रजी नयाँ वर्ष २०२२

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ पुष २०७८, शनिबार १८:५२
189
Shares
विराटनगर/विराटनगर ९ मा अवस्थित एम्स कलेजले अन्तराष्ट्रिय नयाँ वर्ष एक कार्यक्रम गरी मनाएको छ ।

“फनफेस्टिबल” नामदिइएको उक्त कार्यक्रमा बेचलर डिग्री अध्ययनरत विद्यार्थीहरुको उपस्थितरहेको थियो । विद्यार्थीबाट गरिएको उक्तकार्य क्रममा विद्यार्थी लिडर क्रितान्जली बराल, कलेजका अध्यक्ष तुलसीप्रसाद पोखरेल, क्याम्पस प्रमुख सि.एम.बस्नेतले शुभकामना दिएका छन् । विभिन्न फन गेममा विद्याथर््ीहरु सहभागी भए ।

नयाँ वर्षको शुरुवात सँगै विद्यार्थीहरुमा नयाँ जोस, नयाँ उमङ्ग र नयाँपनको शुरुवात होस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरेको क्याम्पस प्रमुख बस्नेतले बताए । इभेन्ट म्यानेज गर्न सिकाएको कुरा गर्दै प्रमुख बस्नेतले विद्यार्थीहरुलाई प्रेरणा दिदै भने, “नयाँ वर्ष २०२२ सँगै नयाँ बाटो, नयाँ परिवेश र आफु भित्र नयाँ पनको अनुभुति हुनुपर्छ ।”बि.एच.एम अभ्ययनरत विद्याथीहरुले आफुले बनाएको केक प्रदर्शन गरेर नयाँ वर्षको शुरुवात् गरे ।

कलेजले विद्यार्थीलाई रियल सिकाई हुने गरि कलेज भित्रनै लाइभ बेकरी एण्ड कफी हाउस संचालन गर्दै आएको छ । कलेजले नयाँ वर्षको शुरुवात् सम्पुर्ण विद्यार्थीलाई आफ्नै बेकरीमा आफ्नै विद्याथर््ीले बनाएको केक वितरण गरेर गर्यो । एम्स कलेजले केही न केही अवसर पारेर विद्यार्थीहरुको अन्तरनिहित क्षमताको विकास हुने खालका कार्यक्रम गर्दै आएको छ ।

कलेजमा त्रि.त्रि.वि. बाट सम्बन्धनप्राप्त बि.बि.एस, बि.एच.एम. र बि.एस.सि. सि.एस. आइटी कार्यक्रम संचालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर