AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मंगलवार परशुरामको जन्मजयन्ती मनाइँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०७९, आईतवार १७:३१
351
Shares
माला मिश्रा
विराटनगर / नेपाल मारवाडी ब्राह्मण समाजले विराटनगर भगवान श्री परशुरामको जन्मोत्सव २०७९ वैशाख २० गते मंगलबार भव्य रुपमा मनाउदै छ।

सो अवसरमा प्रभातफेरी, पूजाआजा, विशेष भेटघाट, सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम हुने समाजका अध्यक्ष सुशीलकुमार जोशीले बताए । विभिन्न क्षेत्रका प्रतिभाशाली तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उक्त जन्मोत्सवको तयारी भइरहेको छ ।

कार्यक्रमलाई सफल बनाउन नेपाल मारवाडी ब्राह्मण युवा मञ्चका अध्यक्ष कैलाश शर्मा र कार्यकारिणी टोली तथा नेपाल मारवाडी ब्राह्मण महिला मञ्चकी अध्यक्ष अनितादेवी मिश्रको सक्रिय सहयोग रहेको छ । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी सुरेश शर्मा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर