काठमाण्डौ / नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधीबाट ६ हजार ५८३ र एन्टीजेन विधीबाट ४ हजार ३२१ नमुना परीक्षण गरेको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । भने ४६जनाको कोभिडको कारण ज्यान गएको छ । हालसम्म कोभिडको कारण ८ हजार ७७२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया