खबर पूर्वाञ्चल
आज विराटनगरमा कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल उद्घाटन कार्यक्रमपछी सञ्चारकर्मीहरुसँग कुरा गर्दैे मुख्यमन्त्री कार्कीले केन्द्रमा नयाँ सरकार बनिसके पछी मात्रै प्रदेशमा मन्त्रीपरिषद् फेरबदलको निर्णय हुने बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले असार २८ गते पछी केन्द्रमा नयाँ सरकार गठन हुने र त्यसपश्च्यात कोशी प्रदेशमा मन्त्रीपरिषद् फेरबदल हुने बताए।मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार विशिष्ट परिस्थितिमा निर्माण भएको कारणलाई पनि ख्याल राख्नु पर्ने भएकोले तत्काल केही भन्न नसकिने बताए।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा हाल सरकारमा नरहेको दलको सहभागितामा प्रदेशको मन्त्रालयको सङ्ख्या नबढ्ने प्रष्ट पारे ।