मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा

खबर पूर्वाञ्चल, ८ जेष्ठ २०७८, शनिबार ०५:३३

काठमाण्डौ / सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनको गरेर मध्यावधि चुनावको घोषणा घोषणा गरेकी छिन् ।

राष्ट्रपतिले आज मध्यरात १ बजे प्रतिनिधिसभा विघटनको गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गो मध्यावधि निर्वाचनको गर्ने गरि घोषणासमेत गरेकी छिन् ।

राष्ट्रपतिले शुक्रबार राति साढे १० बजेपछि शेरबहादुर देउवा र केपी ओली दुबैले प्रस्तुत गरेको नयाँ सरकार गठनको दाबी नपुगेको भन्दै दुवै दाबी खारेज गरिदिएका थिइन् । त्यसपछि बालुवाटारमा मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै कार्तिक २६ मङ्सिर ३ गते चुनाव गर्ने मिति प्रस्ताव गरेको थियो ।
उक्त सिफारिसबमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने गरी मिति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको यो दोस्रो पटक हो । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वाेच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

यो पटक भने बहुमतको सरकारका लागि गरिएको दाबी पूर्ण नभएपछि संविधानको धारा ७६ को उपधारा ७ बम्मोजिम प्रतिनिधि सभा संवत् विघटन हुने व्यवस्था अनुसार विघटन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५