AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश सरकारले आवश्यक नीति बनाएर विद्युतिय चुल्हो प्रयोग बढाउने कार्यक्रम ल्याउने : मन्त्री मगर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०८१, बुधबार १८:५९
63
Shares
विराटनगर/ कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विद्युतिय चुलोको अधिकतम प्रयोग गरी विदेशी मुद्रा वचतमा सहयोग गर्नुपर्ने बताएका छन् ।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, प्राक्टिकल एक्सन र नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजनाले विराटनगरमा आयोजना गरेको विद्युतिय चुलो प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले विद्युतीय चुलोको अधिकतम प्रयोगबाट एलपि (लिक्विफाइड पेट्रोलियम)ग्यासको उपभोग घट्नुका साथै नेपाली बिजुलीको खपत वृद्धि भई मुलुक आर्थिक समृद्धितर्फ लम्कन सहयोग पुग्ने बताए ।

मन्त्री मगरले खेर गइरहेको पानीबाट उत्पादन हुने जलविद्युतको अधिकतम उपयोग भई मुलुकमा रोजगारी सिर्जनामा सहयोग पुग्ने भएकोले तराई,पहाड र हिमाली क्षेत्रमा विद्युतीय चुलोका प्रयोगमा जोड दिनुपर्ने बताए । उनले प्रदेश सरकारले आवश्यक नीति बनाएर विद्युतिय चुल्हो प्रयोग बढाउने कार्यक्रम ल्याउने जानकारी दिए ।

खाना पकाउन प्रयोग गरिने विभिन्न परम्परागत इन्धनको कारण घर भित्र धुँवाका कारण प्रत्येक वर्ष करिब २३ हजार व्यक्तिको मृत्यु हुने गरेका ती सामग्रीको सट्टा विद्युतिय चुहोबाट खाना पकाउने प्रविधि आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

कोशी प्रदेशका १० वटा जिल्लामा विद्युतिय चुहो वितरण कार्यक्रम सञ्चालन भईरहेको र यसका लागि सम्बन्धित परिवारलाई सहयोग समेत दिने गरिएको छ । सो अन्तक्रिया कार्यक्रममा सहभागिहरुले विद्युतिय चुहोको प्रयोगका लागि नियमित विद्युुत आपूर्ति र विद्युत महसुल कम हुनुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा सरकार प्रतिनिधिहरु, नीति निर्माता, सामुदायिक वन महासंघका प्रतिनिधिहरु, उपभोक्ता र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सरकारको सन् २०२५ सम्ममा ३३ हजार घरधुरीलाई विद्युतिय चुहो वितरण गर्ने लक्ष्य रहेको जानकारी दिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर