ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सचेत र सतर्क रहे मोरङमा निषेधाज्ञा लगाउने अवस्था छैन : प्रजिअ निरौला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ बैशाख २०७८, सोमबार १७:१५
1.25k
Shares
विराटनगर । मोरङमा कोरोना भइरस कोभिड १९ को संक्रमणबाट जोगिन सतर्क र सचेत रहनुपर्नेमा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जोड दिएका छन् ।

कोभिडको दोस्रो चरणको लहर देखिएसंगै मोरङमा हालसम्म ५ सय ८५ जना संक्रमित भएको बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले परिस्थिती नियन्त्रण बाहिर गएको खण्डमा निषेधाज्ञा गर्न सकिने जानकारी दिए ।

प्रजिअ निरौलाले अहिलेको परिस्थितीमा मोरङमा लकडाउन वा निषेधाज्ञा गरिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘अहिलेको अवस्थामा लकडाउन नै गर्नुपर्ने देखिदैन । अहिले सबै सर्वसाधारणले सतर्क रहने, सुरक्षित रहनुपर्नेमा ध्यान दिनु आवश्यक छ। तर, भोलीका दिनमा स्थिती खराब हुदै गए निषेधाज्ञा नलाग्ला भन्न सकिन्न ।’

उनको भनाईमा लकडाउनले दैनिक ज्याला मजदुरी काम गर्ने श्रमिक तथा कामदार बढि प्रभावित हुनेछन् । त्यसैले पनि अहिले सक्दो रुपमा आफूले विश्व स्वास्थ्य संगठनद्वारा अघि सारिएको मापदण्डको मुख्यः मास्क, सेनेटाइजर र भौतिक दुरीको नियम पालना गर्नु आवश्यक रहेको उनले बताए । अहिले बढ्दै गएको अवस्थालाई नियन्त्रणमा लिनका लागि सरोकारवाला निकायसंगै सर्वसाधारण स्वयंमपनि सचेत हुनुपर्नेमा उनको जोड छ ।

विवाह पार्टी भेला, सेमिनार लगायतका कार्यक्रममा बढिमा २५ जनाको उपस्थितीलाई मध्यनजर गर्दै प्रशासनले त्यस्ता कार्यक्रमलाई अनुमति दिएरमात्र सञ्चालनमा आइरहेको प्रस्टाए । यद्धपी, यसबीच पार्टी प्यालेस, विवाह, भेला तथा सेमीनार जस्ता भीडभाड हुनेस्थानको नियमन र अनुमगन हुन सकेको छैन्। प्रजिअ निरौलाले सोमबारबाट यस्ता कार्यक्रम र सडकमा मास्क विना हिडेको खण्डमा कार्वाही गरिने बताए।

प्रदेश र स्थानीय सरकारबीच समन्वय हुदै आएको बताएका उनले खुल्ला सीमानाबाट आउने जाने सर्वसाधारण नै चिन्ताको विषय हुदै गएको उल्लेख गरे ।

मुख्यनाकाबाट सर्वसाधारणको ओहोरदोहोर भए सबै पक्षलाई रेकर्ड राख्न सहज हुने उनको भनाई छ । कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि विराटनगरमा निर्माण गरिएको १ सय ८० शैयाको कोभिड १९ नागरिक केयर सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइसकेको प्रजिअ निरौलाको भनाई छ । जनस्वास्थ्य ऐन २०७५ अनुसार नीजि क्षेत्रका अस्पतालहरुले विरामी उपचारका लागि तयार अवस्थामा रहनुपर्ने उनले जोड दिएकाछन् । उपचार अभावमा कसैले मृत्युवरण गर्न नपर्ने गरि अस्पतालले समेत सेवा प्रवाह गर्नुपर्ने उनको भनाई छ ।

मोरङ र भारतबीच ६३ दशमलव ४ किलोमिटरको खुल्ला सीमा अन्र्तगत आवत जावतका लागि ३७ वटा नाका रहेकाछन्। जसमा ११ वटा बोर्डर आउट पोष्ट(बीओपी) रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर