AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अष्ट्रेलिया पठाएर ३१ लाख ठगी गरेको आरोपमा ‘डाइनामिकका’ सञ्चालक सोनी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ आश्विन २०७७, आईतवार ०८:३९
4.39k
Shares
विराटनगर / ३१ लाख ठगी गरेको आरोपमा विराटनगरस्थित एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । अष्ट्रेलियामा अध्ययनसँगै आकर्षक रोजगारी दिलाइदिने भन्दै

विराटनगरको महेन्द्र चौकस्थित ‘डाइनामिक एजुकेशन कम्प्लेक्स’ का सञ्चालक ३२ वर्षीय प्रमोद स्वर्णकार (सोनी) ठगी आरोपमा पक्राउ परेका हुन् ।

विराटनगर १३ घर भएका सोनीले अध्ययनसँगै अष्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिष चौधरीसँग ३१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पीडितले मोरङ प्रहरीमा किटानी जाहेरी दर्ता गराइ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि ठगी आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेका सोनीलाई प्रहरीले शुक्रबार मोरङ अदालतमा ‘ठगी मुद्दामा’ पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी राईले बताए । ‘ठगीको जाहेरी प्रहरी कार्यालयमा दर्ता भएपछि पक्राउ गरिएको हो’ डिएसपी राईले भने, ‘अहिले हामी अनुसन्धानको क्रममा छौं, कति ठगी भयो पछि खुल्नेछ ।’

काठमाण्डौं ‘इन्फोसिस एजुकेशन कन्सल्टेन्सी ग्लोबल’ को फ्रेञ्चआइची लिएर प्रमोदले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूबाट अधिकतम् शुल्क असुल्दै ठगी गरेको आरोप छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई कतिसम्म लिएर ठगी गर्दै पठाउँछन् भन्नेविषयमा पनि प्रहरीले गहन रूपमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

मनिषका बाबु कुलदीपसँग विभिन्न मितिमा सोनीले पटक–पटक गरी ३१ लाख रुपैयाँ लिएपछि अध्ययनसँगै मासिक ३ लाख ५० हजार रुपैयाँ कमाइ हुन्छ भन्दै २०७५ फागुन १९ गते अष्ट्रेलिया पठाएका थिए । अष्ट्रेलिया इन्स्टिच्यूट अफ हाइयर एजुकेशनमा ब्याचलर अफ विजनेस इन्फर्मेसन सिस्टम विषयको अध्ययनका लागि उनलाई पठाएका थिए ।

आकर्षक जागिर हुन्छ भनेर सोनीले पठाएको मनिषले रोजगार नपाएपछि धेरै समस्या पाएको उनले बताए । ‘पढाइसँगै मासिक ३ लाख ५० हजार कमाइ हुन्छ भनेर ३१ लाख रूपैयाँ बुझाएर अष्टे«लिया गएको थिए’ मनिषले अष्ट्रेलियामा पाएको दुःख सुनाउँदै भने, ‘कन्सल्टेन्सीले भनेजस्तो काम पनि पाइन् । धेरै दुःख पाएर ८ महिनापछि स्वदेश फर्किएँ ।’ भनेजस्तो काम र पढाइसमेत सम्भव नभएपछि २०७६ कात्तिक १२ गते परिवारले मनिषलाई स्वदेश फिर्ता ल्याएको उनका बुबा कुलदीप चौधरीले बताए ।

अष्ट्रेलियामा बिजोक भएपछि घरबाटै पठाएको पैसाको भरमा बसेका मनिषलाई फिर्ता ल्याउनका लागि थप ३ लाख ५० हजार रुपैयाँसमेत खर्च भएको उनको भनाइ छ ।

छोरालाई फिर्ता ल्याएसँगै गत मङ्सिर ३० गते जिल्ला प्रशासन कार्यालय मोरङमा किटानी जाहेरी दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाएपछि प्रमोदले पीडित परिवारलाई ज्यान मार्ने धम्की पनि दिने गरेको उनीहरूको आरोप छ । ‘पढाइसँगै अष्ट्रेलियामा आकर्षक जागिर हुन्छ भन्दै ठगी गरेको पत्तो पाएपछि कारबाहीको प्रक्रियामा अगाडि बढेका हौं’ पीडित मनिषका बाबु कुलदीपले भने, ‘तत्कालीन समयमा गरिएको सम्झौता, आर्थिक कारोबारलगायतका प्रमाण जुटाएपछि अहिले ठगीमा उजुरी दिएका हौं ।’

छोरालाई अष्ट्रेलिया पठाउन र त्यहाँ बिजोक भएपछि जीवन जोगाउन तथा फिर्ता ल्याउँदासम्म कुलदीपले आफ्नो नाममा रहेको दश कठ्ठा जग्गा पनि बिक्री गर्नु परेको उनको भनाइ छ ।

छोरालाई अष्ट्रेलिया पठाउन कुलदीपले प्रमोदलाई २०७५ माघ २० गते बिमा बापत नगद ४ लाख ५० हजार रुपैयाँ दिएका थिए । सो रकम प्रमोदले हुण्डीमार्फत पठाएको बुझिएको छ । यस्तै ०७५ फागुन १ गते १ लाख ५० हजार रुपैयाँ भिसा प्रोसेसिङ र फागुन ९ गते ६५ हजार रुपैयाँ टिकटको लागि भन्दै लिएको कुलदीपले बताए ।

त्यसअघि ०७५ फागुन ८ गते २१ लाख ४० हजार, चैत ५ गते १ लाख, चैत १० गते १ लाख, वैशाख ३ गते ५० हजार, वैशाख २३ गते ५० हजार, २०७६ असार २२ गते ५० हजार, साउन १६ गते २५ हजार र भदौ १२ गते २५ हजार रुपैयाँ दिएको कुलदीपकोे भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर