खबर पूर्वाञ्चल
छठ पर्व हेर्न मावा खोलामा आएका बेला हत्या आरोपमा प्रहरीले आज पाँच जनालाई पक्राउ परेको हो ।
प्रहरीले घटनामा संलग्न मोरङका्े उर्लाबारी नगरपालिका वडा नं.६ चन्द्रमा चौकका सरोज बस्नेत, सोहि ठाउँका सन्देश खवास , सपन खत्री , मन्जिल माझी र विकास तामाङ रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न एक जना फरार छन् । फरारको पनि खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दियुसलाइ पूर्व रिसिईवीको कारण चक्कु प्रहार गरि हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले जानकारी दिए । दियुसलाई सन्देशले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । अघिल्लो वर्षको छठ र केही दिन अगाडि दियुस र सन्देशको समुहबिच भनाभन भएको रहेछ । तेहि विवादलाइ लिएर झगडा हुँदा सन्देशसहितको समुहले चक्कु प्रहार गरेको खुलेको छ, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृले भने ।
छठ पर्व हेर्न मावा खोलामा आएका बेला आइतबार राति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । सुरुमा उपचारका लागि उर्लाबारीकै गोदावरी अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि झापाको विर्तामोडस्थित बी एन्ड सी अस्पताल लगियो ।
उपचारका क्रममा आज विहान ४ः५० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका डिएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार छुरा प्रहारबाट दियुसको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो ।