ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महेन्द्र मोरङमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०८१, बिहीबार ०६:३८
243
Shares
विराटनगर / विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् ।

आज विहान सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार यादवले १ हजार ११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टले १ हजार ७५ मत प्राप्त गरे । यादवले विष्टलाई ४३ मतान्तरले पराजित गरे ।

एमाले निकट अनेरास्ववियुका अनिश बोगटीले २३२, नेविसंघबाट बागि उम्मेदवारी दिएका योगराज दाहालले ६०, अनेरास्ववियु क्रान्तिकारी बहुमतकी अनिशा राई ३१, विद्यार्थी जनमत संघका रुपेश सिंहले ३० , प्राज्ञिक विद्यार्थी परिषद्का विवस कटुवालले २० मत प्राप्त गरे ।

महेन्द्र मोरङको स्ववियु सचिवमा नेविसंघकी सुदीक्षा थापा मगर, कोषाध्यक्षमा नेविसंघकै रोशन कुमारपासवान, सदस्यहरुमा अखिल क्रान्तिकारीका गौतमकुमार मण्डल, नेविसंघका महमद साहिन, कौशलकुमार साह, सुशान्त वस्नेत, नविनबाबु तिवारी, रक्षक सुवेदी, एन्जिला काफ्ले र रामदत्तकुमार मेहता निर्वाचित भएका छन् ।

महेन्द्र मोरङसँगै मोरङका १० वटै क्याम्पसको नतिजा सार्वजनिक भएको छ ।

५ वटामा अखिल क्रान्तिकारी विजयी भएको छ भने ३ वटामा नेविसंघ र २ वटामा अनेरास्ववियुले जितेका छन् । कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिष कार्की, मिक्लाजुङ क्याम्पसमा क्रान्तिकारीका सुजन घिमिरेको प्यानलै, विराटनगरको डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रितम साहको प्यानलै र विराट नर्सिङ कलेजको अध्यक्षमा पनि क्रान्तिकारीका रोहितकुमार ताजपुरिया निर्वाचित भएका छन् ।

केराबारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका संगम कन्दङ्वा, सुकुना क्याम्पसको सभापतिमा अखिल गठबन्धनका एलिस ओझा विजयी भएका छन् । सचिवमा पनि गठबन्धनकै रोहन खत्री विजयी हुँदा कोषाध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेविसंघकी सविना थापा विजयी भएकी छिन् ।

उर्लाबारी क्याम्पसको सभापतिमा नेविसंघका पोषण आचार्य, पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई, लेटाङ क्याम्पसको सभापति नेविसंघका लेखनाथ दाहाल निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर