animated ellipse animated ellipse

अंकगणितीय मिलानले कांग्रेसका मुल मुद्धाहरु ओझेलमा पर्छ : नेता आचार्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०७७, शुक्रबार १९:११
198
Shares
विराटनगर / मोरङको हित र विकासका लागि १४ औं महाधिवेशनमा एकढिक्का भएर अघि बढ्ने नेपाली कांग्रेसका नेताहरुले प्रतिवद्धता जाहेर गरेका छन् ।

आज साझा मञ्चद्धारा आयोजित साझा सवाल अन्र्तगत ‘राष्टिय राजनीतिमा मोरङ हिजो आज र भोली’ डिजिटल अन्र्तक्रियाका क्रममा कांग्रेसका केन्द्रीय सदस्यत्रय महेश आचार्य, डा. शेखर कोइराला, र डा. मीनेन्द्र रिजालले महाधिवेशनलाई सम्पन्न गराउन एक हुनुपर्नेमा जोड दिएका हुन् ।

अन्र्तक्रियाका क्रममा केन्द्रीय सदस्य महेश आचार्यले अहिलेको अवस्थामा सबैको प्राथमिकता कांग्रेसको १४ औं महाधिवेशनलाई समयमा सम्पन्न गर्नु पर्ने भएको बताए । अंकगणितीय हिसाबबाट महाधिवेशन अन्त्य गर्न नहुनेमा जोड दिदै नेता आचार्यले अंकगणितीय मिलानले कांग्रेसका मुल मुद्धाहरु ओझेलमा पर्नेतर्फ सचेत गराए । पार्टी भित्रको आन्तरिक किचँलोलाई समाधान गर्न महाधिवेशनलाई सुरक्षित अवतरण गराउनुपर्नेमा उनको जोड थियो । त्यसैगरि, उनले दुई तिहाईको नेकपा सरकारले बहुमत धान्न नसकेको आरोप समेत लगाए । बहुमतको आडमा संविधानको मुलमर्मलाई किचेर अघि बढिरहेको आरोप लगाएका नेता आचार्यले सरकारको काम गराईबाट संकट बढ्दै गएको गुनासो गरे ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोरङका नेताहरुबीच आपसी समझदारी रहेको दाबी गरे । उनले आफूहरुबीच कुनै प्रकारको तिक्तता, फरक मत नभएको प्रस्टाए । नेतृत्व तहमा नैतिकता, राजनितीक संस्कारको विकास गर्न जरुरी भएको बताएका नेता डा. कोइरालाले भागवण्डाका आधारमा गुट भइरहेको उल्लेख गरे । उनले गुट विचारले चल्ने बताएका उनले भागवण्डाका आधारमा हुदाँ त्यसको असर कांग्रेसलाई परिरहेको बताए । आउँदो महाधिवेशनमा एजेण्डासहित नेतृत्व आउनु पर्ने उनले बताए ।

त्यसैगरि, अर्का वक्ता डा. मीनेन्द्र रिजालले तीन नेताबीच बिचार, सिद्धान्त र मोरङको विकासमा एकै भूमिका रहेको बताए । आउँदो महाधिवेशनलाई लक्षित गर्दै उनले आपूmहरु तीनै जना एकअर्काको कार्वन कपी भएको उल्लेख गरे । डा. रिजालले अन्य केही जिल्लाको तुलनामा मोरङको अवस्थामा केही कमी देखिएको बताए । पटक पटक जिल्लाबाट सरकारको नेतृत्व गर्ने अवसर कांग्रेस, एमालेदेखि अन्य ब्यक्तित्वले पाएको स्मरण गराउँदै उनले अहिलेको अवस्थामा मोरङको विकासमा फेरि एकभएर कांग्रेस अघि बढ्नु पर्ने बताए । लामोसमयदेखि अन्र्तराष्ट्रिय विमानस्थल बनाउन पहल गरिएको भएपनि अहिले क्षेत्रियस्तरमा खुम्चिनु परेको बताउँदै नेता रिजालले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मोरंगले राम्रो फड्को मारेको बताए ।

तीनै नेताले कार्यक्रममा कांग्रेसका विभिन्न भातृ संस्था तथा निकायका पदाधिकारीको जिज्ञासा सहजीकरण गरेका थिए । मञ्चद्धारा आयोजित ११ औं विमर्शको सहजीकरण कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर