RUMPUM
animated ellipse animated ellipse

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्रको राजनीतिक भबिष्य सुनिश्चित गर्न विराटनगरमा तालमेल गरेको असन्तुष्ट पक्षकोे आरोप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७९, सोमबार १८:१३
1.47k
Shares
विराटनगर / सत्ता गठबन्धन मध्ये जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्रको राजनीतिक भबिष्य सुनिश्चित गर्नकै लागि विराटनगर महानगरपालिकामा तालमेल गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।

विराटनगरमा जसपाको राम्रो मत हुँदाहुँदै अध्यक्ष यादवले छोरा अमरेन्द्रको राजनीतिक भबिष्य सुनिश्चित गर्नकै लागि तालमेल गरेको असन्तुष्ट पक्षले आरोप लगाएका हुन् । पूर्व उप–प्रधानमन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले विराटनगरमा तालमेल नहुँदा पनि जित्ने अवस्थामा हुँदाहुँदै छोरालाई उपप्रमुख बनाउनकै लागि तालमेल गरेको उनीहरुको आरोप छ ।

देशभर स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेपनि धेरै स्थानमा तालमेल सफल हुन सकेन । तर जनाधार हुँदाहुँदै विराटनगर महानगरमा भने गठबन्धन कायम राखेर जसपाले उपमेयरमा चित्त बुझाएपछि पार्टीभित्र तिब्र असन्तुष्टि देखिएको हो ।

विराटनगरको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख जसपाको भागमा परेको छ । भागबण्डा भएसँगै असन्तुष्ट बनेका अघिल्लो निर्वाचनमा मेयरको उम्मेदवार भएका जसपाका नेता उमेश यादवले शनिबार मात्रै पार्टी परित्याग गरि आइतबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

अघिल्लो निर्वाचनमा धेरै मत बदर हुँदा पनि १४ हजार ९ सय ५८ मत ल्याएका यादवले यसपटक जसपा एक्लै लड्नुपर्नेमा जोड दिँदै आएका थिए । तर उनलाई पाखा लगाउँदै उपेन्द्र पुत्र अमरेन्द्रको भविष्य सुनिश्चित गर्न भागबण्डा गरेको आरोप लगाउँदै उनले पार्टी नै परित्याग गरे । त्यस्तै जसपा निकट महिला नेतृ बसुन्धरा झाले जसपा छोडेको घोषणा गरेकी छिन् । उपमेयर महिलाले पाउनु पर्नेमा पार्टीले पुरुषलाई नै टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

यता जसपाको गएराती बसेको बैठकले केन्द्रीय सदस्य तथा विराटनगर उप–महानगरपालिकाको पूर्व मेयर भूराज राईलगायतका ८ जना ह्यविबेट नेतालाई पाखा लगाउदै यादवलाई टिकट दिएको हो । यादव जसपाको महानगर समिति अध्यक्ष हुन् ।

गठबन्धनको भागबण्डापछि विराटनगरमा नेपाली कांग्रेसले नागेश कोइरालालाई मेयरमा उठाएको छ । गठबन्धनका दलहरुले आज निर्वाचन आयोगमा मनोनयन दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर