पूर्वाञ्चल खबर
मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष , कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ६५ पुगेको छ ।
विराटनगर वडा नं ९ को एकै परिवारको ४ जना र विराटनगर वडा नं. १० को १ जना रहेको विराटनगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनीहरु सवै भारतबाट असार १२ र १३ गते विराटनगर आएको प्रमुख कार्कीले जानकारी दिए ।
प्रदेश १ बाट आजै ३६ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेन अस्पताल गोठगाउँमा उपचारत डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरङका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज डिस्चार्ज हुने १३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् ।
गोठगाउँबाट हालसम्म १ सय ४६ जना डिस्चार्ज भएको आईसोलेसन अस्पतालका सम्र्पक अधिकृत धरणी निरौलाले जानकारी दिए ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ ।