खबर पूर्वाञ्चल
डाक्टर शेखर कोइराला निकट रहेका चापागाँईले आज विहान सार्वजनिक भएको मत परिणाम अनुसार निकटम प्रतिद्वन्द्वीलाई ४७ मत अन्तरले पराजित गर्दै महानगरको सभापति निर्वाचित भएका हुन् ।
चापागाईले २१२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी देउवा समुहका सन्तोष न्योपानेले १ सय ६५ मत ल्याए । सभापतिका लागि ४ प्रतिस्पर्धीमध्ये अन्य प्रत्यासीहरूमा कृष्ण कार्कीले १ सय ३३ र अरुण न्यौपानेले १ सय २७ मत प्राप्त गरे ।
त्यसैगरी, विराटनगर महानगरसमितिको नवनिर्वाचित सभापति दीपक चापागाईको टिममा उपसभापति निरोज कोइराला र इन्दु सुवेदी, झुमा निरौला र तेजिन्द्र भट्टराई, सचिव तथा सचिन पोखरेल र दिवस नेपाल सहसचिवमा विजयी भएका छन् ।
शनिबार भएको नगरअधिवेशनमा ६ सय ८१ मतदातामध्ये ६ सय ६४ मत खसेको थियो । १७ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन् ।