animated ellipse animated ellipse

औषधी व्यवसायी संघद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०७७, सोमबार २१:४०
3
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रममा अग्रपंक्तिमा खटिएको दक्षिण पूर्वि मोरङका सुरक्षाकर्मीलाई आज स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

करिब ४० दिनदेखि मुलुक लकडाउनका कारण अत्यावश्यक तथा सम्पूर्ण घरायसी सामाग्री अभाव भइरहेको समयमा संघले इलाका प्रहरी कार्यालय रंगेली मातहतमा खटिएका नेपाल प्रहरीकोलागि हातमा लगाउने ग्लोब्स् , सेनिटाइजर, माक्सका साथै ज्वरो, रुघा,खोकीलगायतका रोगको औषधी प्रदान गरेको हो । उक्त स्वास्थ्य सामाग्री तथा औषधीहरु संघको तर्फबाट अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाललाई एकमुस्ट रुपमा प्रदान गरे ।

संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, महासचिव दिनेश ठाकुर, सचिव हरिराज रेग्मी, सह–कोषाध्यक्ष पुष्पराज पोखरेल र सदस्य प्रकाश धिमालसहितको औषधी व्यवसायीहरुको टोली रंगेली पुगेर प्रहरी निरिक्षक दाहाललाई उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।

आफ्नो जीवनको कुनै प्रवाह नगरी जनताको स्वास्थ्य सुरक्षाकालागि अहोरात्र सडकमा भातपानी नभनि खटिएका नेपाल प्रहरी कोरोना भाइरसको उच्च जोखिममा रहेकाले त्यसबाट जोगाउने उद्देश्यले स्वास्थ्य सामाग्री उपलब्ध गराएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले बर्ताए ।

संघका अध्यक्ष तिम्सिनाले भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमितहरु बृद्धि भइरहेको र खुल्ला सिमा क्षेत्रमा खटिने नेपाल प्रहरीका सुरक्षाकर्मीहरुलाई संघले सामाजीक उत्तरदायित्व वहन गर्ने क्रममा स्वास्थ्य सामाग्री प्रदान गरेको र आउने दिनमापनि सक्दो सहयोग गर्ने बताए। उनले संघले १० लिटर सेनिटाइजर, करिब २ सय थान मेडिकेयर माक्स, सोहि संख्यामा ग्लोब्स् र केहि औषधीहरु प्रदान गरेको जानकारी दिए।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक दाहालले सिमा क्षेत्रमा खटिनु पर्ने हुँदा आफ्नो मातहतका १७ यूनिटमा खटिएका करिब १ सय ४० जना सुरक्षाकर्मीहरु कोरोना भाइरसको उच्च जोखिममा परिरहेको अवस्थामा औषधी व्यवसायीहरुले गरेको स्वास्थ्य सामाग्री प्रदानबाट ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसअघिपनि संघ तथा औषधी व्यवसायीहरुले लकडाउनका कारण दाताहरु र औषधीको अभाव हुनथालेको अवस्थामा दिर्घरोगको औषधी सेवन गरिरहेका तथा अन्य रोगबाट पिडित भएका विराटनगर महानगरपालीका –८ को विराटेश्वर बृद्धाश्रम तथा बुढीगंगा गाउँपालीका–१ को महिला जागृति तथा बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई एक महिनाको औषधी, स्वास्थ्य सामाग्री र खाद्यान्न प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर