हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा “चरित्रहीन चेली”नामको नाटक मञ्चन भइरहेको हो । दीपा दाहालको कथालाई धिरज राईले परिकल्पना तथा निर्देशन गरेर नाटक तयार पारेका हुन् । गत सोमबारदेखि शुरु भएको नाटक आगामी शनिबारसम्म दैनिक साँझ ५ः३० बजे मञ्चन हुने निर्देशक राईले बताए ।
शनिबार अतिरिक्त प्रदर्शन बिहान ११ बजे गरिने उनको भनाइ छ । एक जना सिटी सफारी महिला चालकको जीवन–घटनाको वरपर घुमेको यस नाटकले महिलावादको विषयलाई उठान गर्ने प्रयास गरेको छ । यस नाटकमा सीमा आभासको कविता “म स्त्री अर्थात् आइमाई” र पारिजातको कविता“मानुषी” प्रयोग गरिएको छ । नाटकमा भरत कार्की, देवेन्द्र यादव, समिक्षा दाहाल, प्रदीप दाहाल, अजय सुवेदी, अनुशा कटवाल, जानुका रेग्मी, पासाब ल्हामु शेर्पा, अंशु खतिवडाले अभिनय गरेका छन् ।
तपाईको प्रतिक्रिया