कांग्रेसले आज मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विराटनगरका निवर्तमान मेयरसमेत रहेका केन्द्रीय सदस्य भीम पराजुलीसहित नेताहरू महेश आचार्य, गुरुराज घिमिरे, अमृत अर्याल र दिलिप गच्छदारको नाम क्षेत्रीय समितिले सिफारिस गरेको हो ।
यो क्षेत्रबाट २०७४ को निर्वाचनमा वाम गठबन्धनका माओवादी उम्मेद्वार अमनलाल मोदी विजयी भएका थिए । उनले काँग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए मोदीले ३३ हजार ५२९ मत ल्याउँदा आचार्यले २६ हजार ८ सय मत ल्याएका थिए।
तपाईको प्रतिक्रिया