पूर्वाञ्चल खबर
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आज भएको खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गर्दै पेमा स्र्पोटिङ्ग क्लब सेमिफाइलनमा पुगेको हो ।
जितको लागि पेवा स्पोर्टिङ्ग क्लबका हरि खवास र अनिल परियारले समान १–१ गोल गरे । खेलको ४९ औं मिनेटमा पेमाले अग्रता लिएको थियो । अनिल परियाले निकालिदिएको पासलाई हरिले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको १९ मिनेट बित्न नपाउँदै पेमाले अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा डिबक्स भित्रबाट गरेको कडा प्रहार प्रहरीको गोल रक्षक बाल्मीकि राईले गरेको प्रहार रिबाउन्ड भएर फर्किएको बललाई अनिले पोस्टको दिशा दिएका थिए । उनले गरेको गोलनै टिमको जित सुनिश्चित भयो ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म गोलरहित खेल बराबरी भयो । दोस्रो हाफदेखि पेमाले रणनीति बदलेर आक्रमक खेल्यो । त्यसपछि नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले दोस्रो हाफपछि पाएको सुन्दर गोल गर्ने आधा दर्जन प्रहार पेमा क्लबका गोल रक्षक निशान थापा मगर बाधक बनिदिए । पुलिसका मनोज सुब्बाले ७० औं मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार बाहिरियो । त्यसलगत्तै विकास राईले गरेको प्रहार पेमाका गोल किपर निशानले बिफल पारिदिए । प्रतियोगिताको प्लयेर अफ म्याच पेमा स्पोर्टिङ्ग क्लबका अनिल परियार घोषित भए । उनले नगद २ हजार १ सय पाए ।
मंगलबारको खेल भारत बिहारको बाइएससी खाखा झील कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच प्रतिस्पर्धा हुनेछ ।