AArya
RUMPUM
animated ellipse animated ellipse

जेनजी आन्दोलनका कारण वार्षिक बजेटको २० प्रतिशत रकम कटौती गर्दै सकियो नगरसभाको अधिवेशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०८२, शुक्रबार १४:३४
90
Shares
विराटनगर /भदौ २३ र २४ गतेको जेनजीआन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्दै नगरसभाको १७ औं अधिवेशन सकिएको छ ।

विराटनगरमा सम्पन्न भएको नगरसभाको १७ औं अधिवेशनले आर्थिक वर्ष २०८२÷८३ कालागिविनियोजित बजेटको २० प्रतिशत रकम कटौतीगर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्य अनुरुप असुल हुन नसक्नुलगायतका कारण प्रक्षेपण गरिएकोभन्दा महानगरको आय न्यून हुने देखिएको हुँदा चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको उपमेयर शिल्पा निराला कार्कीले बताइन् । ‘वडास्तरीय बाहेकका विषय क्षेत्रगत तथा नगरस्तरीय योजना÷कार्यक्रम समायोजन हुनेगरी संशोधित बजेट तथाकार्यक्रम गर्न चाहन्छु,’ सत्रौं अधिवेशनमा उपमेयर कार्कीले प्रस्तुत संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ ।

चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख आय अनुमान गरिएकोमा साउनदेखि पुस १५ गतेसम्म १ अर्ब १५ करोड ८४ लाख ४८ हजार ३ सय ३५ रुपैयाँ अर्थात २८.९३ प्रतिशतमात्रयथार्थ आयहुन सकेको छ । यसैगरी कुल अनुमानित व्यय ४ अर्ब ४० लाख अनुमान गरिएकोमा पुस १५ गतेसम्म ७१ करोड ७० लाख७५ हजार २ सय ८४ रुपैयाँअर्थात १७दशमलव ९० प्रतिशत मात्र व्यय भएको उपमेयर कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

खर्च मध्ये पुँजीगततर्फ १४ करोड ४४ लाख ९२ हजार ८६ रुपैयाँ खर्च भएको छ । प्रशासनिक एवं चालु खर्चतर्फ ५४ करोड ८० लाख ८१ हजार ५ सय १५ रुपैयाँ खर्च भएको छ भने वित्तीयतर्फ २ करोड ४५ लाख १ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ ।

यसैगरी कुल अनुमानित आयमा आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड अनुमान गरिएकोमा पुस १५ गतेसम्म १९ करोड ८५ लाख ८० हजार २ सय ६४ रुपैयाँ मात्र यथार्थ आय संकलन भएको उपमेयर कार्कीले बताइन् । त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वबाट १ अर्ब १९ करोड २० लाख ३ हजार अनुमान गरिएकोमा १७ करोड ९० लाख ८ सय १८ रुपैयाँ मात्र प्राप्त भएको छ । अन्तरसरकारी वित्तीयहस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १७ करोड ६८ लाख अनुमान गरिएकोमा ६० करोड २३ लाख ९० हजार अनुदान प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ७ करोड ८५ लाख ९७ हजार अनुमान गरिएकोमा २ करोड ३० लाख ३८ हजार ६ सय १० रुपैयाँ प्राप्त भएको देखिन्छ । संघ संस्था अनुदानतर्फ १ करोड ६६ लाख अनुमान गरिएकोमा ८२ लाख ६६ हजार ५ सय ८२ रुपैयाँ प्राप्त भएको छ । यसैगरी गतवर्षको मौज्यता १४ करोड ९९ लाख २ हजार ५१ रुपैयाँ रहेको छ ।

मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको अधिवेशन अत्यन्तै मर्यादित र व्यवस्थित रुपमा विराटनगर महानगरको इतिहासमै सबैभन्दा छोटो समयमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर