विद्यालय स्तर पोषण सम्वन्धि समिक्षा गोष्ठी सम्पन्न

खबर पूर्वाञ्चल, ३० भाद्र २०७९, बिहीबार १२:५९
189
Shares
कुमोद अधिकारी
विराटनगर / मोरङको धनपालथान गाउँपालिकामा पालिका स्तरिय विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम समिक्षा योजना गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा विभिन्न विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो विद्यालयकमा विद्यार्थीहरुको पोषणको अवस्थाको वारेमा जानकारी दिएका थिए ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषीराज सेठले पोषणसँग स्वास्थ्य शिक्षा जोडिएकाले हरेका विद्यालयको पोषणको अवस्था बुझ्न गोष्ठीको आयोजना गरिएको वताए ।

आफ्नो पालिकालाई पोषण मैत्री पालिका वनाउने अभियान शुरु गरेकाले विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य अवस्था, आइरन चक्कि तथा जुकाको औषधिको प्रयोगको अवस्था, दिवा खाजा , खोपको अवस्था तथा स्वास्थ्य ,शिक्षा, सरसफाइ, खानेपानी जस्ता विषयमा गोष्ठीमा छलफल भएको उनले वताए ।

कार्यक्रममा विद्यालयका सिक्षक तथा सहभागी हरुले कतीपय छात्राहरुले आइरन चक्ब्कि खान नमान्ने गरेका, दिवा खाजामा पोषण युक्त हुनुपर्नेमा जोड दिदै पोषणमैत्री पालिका वनाउन हरेक वडा तथा चोक चौकहरुमा सरसफाई सम्वन्धि चेतना मुलुक कार्यक्रम संचालन गर्नुपर्ने जस्ता सुझाव दिए ।

कार्यक्रममा वोल्दै स्वास्थ्यकर्मी रामनारायण यादव तथा पालिकाकाका स्वास्थ्य सहजकर्ता विवेककुमार पाठकले परिवार स्वास्थ्य रहेमा सामाज स्वास्थ्य हुने भएकाले पोषण अभियान परिवारवाट शुरु गर्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा एक दर्जन विद्यालयका शिक्षक तथा विभिन्न स्वास्थ्यकेन्द्रका स्वास्थयकर्मी तथा नर्सहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५