सोम्सले गर्यो क्यारियर परामर्श कार्यक्रम

खबर पूर्वाञ्चल, २० श्रावण २०७९, शुक्रबार १८:३४
414
Shares
विराटनगर / लंदनको यूके बोर्डबाट मान्यता एसिसिए सम्बन्धन प्राप्त गरेको विराटनगरस्थित सोम्स कलेजले विद्यार्थीलाई लक्षित गरेर एक दिन क्यारियर परामर्श कार्यक्रम गरेको छ ।

विराटनगर ९ स्थित संसारी माइस्थान अगाडि रहेको सो कलेजले कक्षा १२ को परिक्षा दिएर बसेका करिव १ सय ५० जना विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ ।
एसिसिए रवि साह, एसिसिए अमित अग्रवाल, सिए अनन्त काफ्ले, प्राध्यापक गणेश दाहाल, सञ्चालकद्वय विशाल खनाल र रोशन घिमिरेलगायतले विद्यार्थीलाई एसिसिए र बिबिएस कोर्सको बिषयमा क्यारियर परामर्शको सहजिरण गरेका थिए ।

सो बिषयमा जानकारी दिनुहुँदै कलेजका सञ्चालक घिमिरेले सोम्सले २०१८ यता एसिसिए कोर्सको अध्यापन गराउँदै आएको बताए । यूके बोर्डबाट सम्बन्धन प्राप्तगरि कलेजले अध्यापन गराउँदै आएको एसिसिए कोर्स विश्वका १८१ देशमा मान्यता प्राप्त रहेको उनले जानकारी दिए । कुनै कारणवंश अध्ययन गर्दागर्दै बाहिर जानुपर्ने अवस्था आए जुनसुकै देशमा गएर पनि यो कोर्सलाई निरन्तरता दिनसकिने सञ्चालक घिमिरेले बताए ।

कार्यक्रमका सहभागि विद्यार्थीहरुले ती कोर्सहरुका बिषयमा आफुभित्र रहेका जिज्ञासाहरु राखेका थिए भने कलेजका प्राध्यापक र सञ्चालक पक्षले विद्यार्थीहरुको जिज्ञासालाई समाधान गरेका थिए ।

नेपालमा काठमाण्डौ बाहिर विराटनगरको सोम्स कलेजमा मात्र एसिसिए कोर्सको अध्यापन हुने गरेको सञ्चालक घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५