animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कूलमा बार्षिक पूरस्कार वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ मंसिर २०७९, सोमबार १८:४६
162
Shares
विराटनगर/। शिक्षाक्षेत्रमा सदैब अग्रणी स्थान हासिल गर्न सफल विराटनगर – २ मा रहेको बुढानिलकण्ठ अंग्रेजी मा.वि मा वार्षिक पूरस्कार वितरण गरेको छ ।

स्कुलमा आज एक कार्यक्रमको आयोजना गरेर वार्षिक पूरस्कार वितरण गरेको हो । शैक्षिकसत्र २०७८ को हरेक कक्षाबाट प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुका साथै वर्षभरी साप्ताहिक खेलकुदमा तथा सह–शिक्षण कार्यक्रममा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई पनि पूरस्कार तथा प्रसंसापत्र वितरण गरिएको थियो ।

शैक्षिक पूरस्कार तर्फ शैक्षिकसत्र २०७८ का लागि कक्षा नर्सरीदेखि यूकेजी सम्मकै उच्चतम अंक ल्याउने छात्र श्रेयान दाहाललाई नगद पूरस्कार ३ हजार कक्षा १ देखि ५ सम्मको उच्चतम अंक ल्याउने छात्र रिशव चौलागाईलाई नगद पूरस्कार ४ हजार र कक्षा ६ देखि ९ सम्मको उच्चतम अंक ल्याउने छात्र किसन अग्रवाललाई नगद पूरस्कार ६ हजार तथा कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षामा उच्चतम, ३.९६ जि.पि.ए. पाप्त गर्ने छात्रा सिरिन भट्टराईलाई नगद पूरस्कार ३ हजारसहित विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रसंसापत्र आ–आफ्ना अविभावकका साथ स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले प्रदान गरे ।

स्कूलमा हरेक कक्षामा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई मासीक शुल्कमा क्रमश  ७५ %, ५० % र २५ % छुट दिने ब्यवस्था पनि गरिएको छ ।

पूरस्कारकै क्रममा स्कूलकै उत्कृष्ट छात्रको उपाधी क्रिस भगत, उत्कृष्ट छात्राको उपाधी प्रेक्षा ढकाल र उत्कृष्ट अलराउण्डरको उपाधी आदित्य मास्केले प्राप्त गरेका थिए ।

हाउस तर्फ हरेक बुधवार हुने कार्यक्रम तथा अन्य सम्पुर्ण शैक्षिक गतिविधीको आधारमा धेरै अंक प्राप्त गरेर ब्लु हाउस विजेता भएको थियो ।

कार्यक्रमको ब्यवस्थापनका साथै उद्घोषण स्कूलका अध्यक्ष एवं आइसिसि प्यानल अम्पायर बुद्विबहादुर प्रधानले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर