AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलका विद्यार्थीले मञ्चन गरे ‘रित’ नाटक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०८०, मंगलवार १८:४२
1.72k
Shares
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीहरूले ‘रित’ नामक नाटक मञ्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरूकुलमा आज ‘रित’ नामक नाटक मञ्चन गरेका हुन् ।

लोकेस दङगालले निर्देशन गरेको उक्त नाटकमा ग्रेडेड स्कुलका ५ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेका थिए । स्वदेशमा रोजगारी नपाएपछि विदेश जानुपरेको विषय बस्तुलाई समेटर नाटक मन्चन गरिएको थियो । दुई हप्ता भन्दा लगाएर विद्यार्थीहरूलाई प्रशिक्षण दिएपछि नाटक मञ्चन गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । ‘विद्यार्थीहरूले एकदमै मेहनत नाटकमा गरेको पाइएको छ,’ उनले भने, ‘अहिलेको बर्तमान समस्यालाई विद्यार्थीहरूले नाटकको माध्यमबाट उजागर गर्ने प्रयास गरेका छन् ।’ यस्तो नाटकले विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने अवसर प्राप्त हुने उनले बताए ।

विद्यार्थीहरुको नाटक हेरेपछि अभिभावक नरेश साहले दैनिक सयौंको संख्यामा वैदेशिक रोजगारमा जाने नेपालीको कथाबस्तुलाई समेटर बनाएको नाटक एमदमै मनछुने भएको बताए । ‘विद्यार्थीहरूले एकदमै मेहनत गरेको देखिएको छ । उत्कृष्ट अभिनयले नाटकको अन्त्यसम्म दर्शक तान्न सफल भएका छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर