AArya
RUMPUM
animated ellipse animated ellipse

सुनसरीमा गोली हानेर भिनाजुले गरे सालीको हत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० असार २०८२, सोमबार १५:५९
252
Shares
सुनसरी / सुनसरीमा गोली हानेर भिनाजुले सालीको हत्या गरिएको छ ।

हरिनगर गाउँपालिका– ६ घुस्कीमा आज विहानको राति करिब १ गोली हानी १८ वर्षीय साली अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत– १६ घुर्नाका २९ वर्षीय आजात मियाँ जटले गोली प्रहार गरी हत्या गरेको देखिएको उनले बताए । घटनापछि मियाँ फरार छन् । फरार मियाँको खोजी भइरहेको उनले बताए ।

उनका अनुसार बिहान करिब १ बजे घरमा किशोरीको टाउकोमा १ गोली प्रहार भएको थियो । घटनास्थलमा एउटा खोका पनि फेला परेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कटुवा पेस्तोल प्रहार गरेको जस्तो देखिएको उनले बताए । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर