RUMPUM
animated ellipse animated ellipse

अनलाइन कक्षा छोडेर विराटनगर दूरशिक्षा कक्षा सञ्चालन हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०७७, बुधबार १२:०६
9
Shares
विराटनगर / लकडाउनको कारण घरमा बसेका विद्यार्थीहरुलाई लक्षित गरी विराटनगरमा दूरशिक्षा कक्षा सञ्चालन गरिने भएको छ ।

अनलाइन कक्षा दिने विषयमा विवाद बढ्दै गएको बेला विराटनगर महानगरपालिको आयोजना र शैक्षिक संघसंस्थाको सहयोगमा टेलिभिजन र एफएमबाट प्रत्यक्ष प्रशारण गरी दुर कक्षा सञ्चालन गरिने भएको हो ।

महानगरले प्याब्सन विराटनगर, हिसान मोरङ, ऐनप्याब्सन मोरङ र नेपाल शिक्षक महासंघ विराटनगरसँग सहकार्य गरी वैशाख २५ गतेदेखि दूरशिक्षा कक्षा सञ्चालन गर्ने भएको छ ।

स्थानीय मकालु टेलिभिजन र रेडियो पूवेर्ली आवाज ९८ थोप्ला ४ मेगाहर्जबाट दैनिक ५ घण्टा कक्षा ६ देखि १०सम्मको कक्षा सञ्चालन हुने कार्यक्रम संयोजक तथा प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । उनका अनुसार टिभीबाट गणित, विज्ञान र सामाजिक विषयको पढाइ हुनेछ भने अंग्रेजी र नेपाली बिषय एफ एमबाट हुनेछ ।

बैशाख २५ देखि टेलिभेजनमामा विहानमा ११ बजेदेखि साढे १ बजेसम्म र एफएममा दिउँसो २ देखि साढे ४ बजेसम्म पढाइ हुनेछ ।
राज्यले कोरोना भाइरसबाट बच्न लकडाउन गरिएकोले घरमा बसेका विद्यार्थीहरुलाई पठनपाठनमा सक्रिय बनाई राख्न दूरकक्षा सञ्चालन गरिएको शैक्षिक प्रशासन महाशाखा विराटनगरका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । अहिलेलाई एक महिनाको कार्यक्रम भए पनि आवश्यकता अनुसार थप गर्दै लगिने महानगरको योजना रहेको खतिवडाले बताए। यस

दूरशिक्षाको पठनपाठन निजी तथा सामुदायिक विद्यालयहरुका विषयगत विज्ञ शिक्षकहरुबाट हुने कार्यक्रमका अर्का संयोजक तुलसी दुलालले जानकारी जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. अब माेवाइल फालेर (निषेधै गरेर) पेजर बाेक्नुहाेस सबैजनाले ।।

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर