animated ellipse animated ellipse

सरकारलाई चुनौती दिँदै पोखरीया स्कूलले गर्यो प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ जेष्ठ २०७७, बिहीबार २०:४८
9
Shares
पोखरीया स्कूलअगाडि उपस्थीती अभिभावकहरु । तस्वीर सौजन्य इन्द्र राई
विराटनगर / विराटनगर–३ मा रहेको पोखरीया माध्यामिक विद्यालयले लकडाउनको अवज्ञा गर्दै विद्यार्थी भर्ना परीक्षा लिएको छ ।

विद्याथीहरुको समूह भेला गरी पोखरीया स्कूलले प्रवेश परीक्षा लिएको हो । सरकारले जारी गरेको लकडाउनका बाबजुत पनि विराटनगरको सामुदायिक विद्यालय पोखरीया स्कूललले प्रवेश परीक्षा लिएको भन्दै प्याबसन मोरङले ध्यानाकर्षण जनाएको छ ।

पोखरिया मावीले विगत केहीदिन यता दैनिकी रुपमा नयाँ भर्नाको लागी प्रवेश परीक्षा लिएको भन्दै प्यावसन मोरङले आज एक प्रेस विज्ञप्ती जारी गरेर ध्यानाकर्षण गराएको हो ।

सरकारले कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा जोखिमबाट बच्न भन्दै विगत २ महिनादेखि लकडाउन गरेको छ । यस्तो अवस्थामा कुनै पनि विद्यालयहरुलाई भर्ना तथा प्रवेश परीक्षा जस्ता कुनै पनि गतिविधी नर्गन र नगराउन सरकारले आदेश दिएको छ ।

लकडाउनको समयमा अति आवश्यक सामग्रीहरु खाद्यान्न, औषधि पसलहरु मात्र सामाजिक दुरी कायम गरी खोल्न सकिने अवस्था रहेकोमा यस्तो जोखिमपूर्ण गतिविधि प्रति प्रशासनको ध्यानाकर्षण गराएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । यस्ता गतिविधिहरु माथि तुरुन्त रोक लगाउन सरकारसँग जोडदार माग गरेको अध्यक्ष बस्नेतले बताए ।

अन्तराष्ट्रिय प्रचलनलाई समेत ख्याल गर्दै बाल मस्तिष्कलाई चलायमान गराइरहन भर्चुअल कक्षामार्फत केही शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने तथा अनलाईन मार्फत भर्ना गर्ने सम्बन्धमा प्याब्सनले पटक पटक सरकारको ध्यानाकर्षण गराउदै आएको प्याब्सन मोरङका सचिव प्रेमलाल सिंह सुवालले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार निजी विद्यालयहरुले भर्ना प्रकृयाका सम्बन्धमा कुनै गतिविधि नगरी नगराई राज्यको नीतिलाई पूर्ण पालना गर्दै मानवीय स्वास्थ्यमा गम्भिर संवेदनशीलता देखाइरहेको सचिव सुवालले जानकारी गराए ।

पोखरीया स्कूलले यस्तो बिषम परिस्थितिमा पनि मानवीय स्वास्थ्यमा प्रतिकुल हुने गरी निरन्तर रुपमा गतिविधिहरु बढाईरहेको, भर्ना प्रकृयाका लागि समुह भेला गरी प्रवेश परीक्षा लिईरहेको , शुल्क असुल गरिरहेको पाइएको छ ।

यदि यस्ता खाले गतिविधि सार्वजनिक रुपमा  नरोकिएमा प्याब्सन मोरङले पनि संस्थागत निर्णय गरी जेष्ठ १७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र अनलाईन कक्षाहरुलाई व्यवस्थितरुपमा निरन्तरता दिने व्यहोरा आज प्रकाशित प्रेस विज्ञप्तिमा जनाएको छ ।

स्कूल प्राचार्य खेम भट्टराईलेचै प्रवेश परीक्षा नलिएको भर्ना फारम मात्र भराएको बताइरन्दा प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले ४ वटा कक्षा कोठामा अलोकन गर्दा विद्यार्थीहरुले धमाधम प्रवेश परीक्षा दिइरहेका पाएपछि अध्यक्ष राई आफैले फोटो खिचेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर