पूर्वाञ्चल खबर
विराटनगर /राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान फेरि पक्राउ गरेको छ ।
पटक पटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आज बिहानै उनको भक्तपुरस्थित निवासमा पुगेको थियो ।जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ ।प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
प्रसाईं पछिल्लो पटक फागुन ४ गते काठमाडौंमा पक्राउ परेर फागुन १३ गते रिहा भएका थिए ।