animated ellipse animated ellipse

विराटनगरमा ९० सहित प्रदेश १ मा २ सय २ जना थपिए कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १ हजार २ सय नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ बैशाख २०७८, सोमबार १८:३५
819
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा ९० सहित प्रदेश १ मा आज २ सय २ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरमा थपिएका मध्ये ३५ महिला र ५५ पुरुष रहेका छन् ।

मोरङमा १ सय १४, झापामा ३७ , सुनसरीमा ३३ ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरबाहेक बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २–२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीयतहनखुलेको १–१, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४–४, अर्जुनधारा र कनकाईमा ३–३, शिवसताक्षी र कमलगाउँपालिकामा १–१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १–१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ६ सय ४६ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९ सय ५९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५पुगेको छ ।

प्रदेश १ मा आज ७ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १ सय २६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर