RUMPUM
animated ellipse animated ellipse

महानगरको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०७९, सोमबार १८:१३
612
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ ।

शनिबार सम्पन्न १० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो । नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीले आज एक समारोहका बीच सफथ ग्रहण गराइन् ।

कार्यक्रममा समितिका सदस्य तीर्थेन्द्र नेउपाने र रुपा देउजालाई संयोजक कार्कीले सफथग्रहण गराएकी हुन् । नेउपाने विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हुन भने देउजा विराटनगर ९ की वडा सदस्य हुन् ।

न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । सफथ ग्रहणपश्चात उपमेयर कार्कीले न्याय सम्पादनमा निष्पक्ष भूमिका निर्वाह गर्न नवनियुक्त सदस्यहरुलाई आग्रह गरिन । उनले न्यायिक समितिमा महानगरवासीले दिएका उजुरीलाई छिटो र छरितो रुपमा सम्पादन गर्दै जाने बताइन् । त्यसैगरी नवनियुक्त समितिका सदस्य नेउपानेले विगतको अनुभवलाई समेत आत्मसाथ गर्दै निष्पक्ष र तटस्थ ढंगले न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । सदस्यहरुको सफथ ग्रहणसँगै आजदेखि महानगरपालिकाको न्यायिक इजलास पनि सुरु भएको कानुन शाखाकी कानुन अधिकृत शारदा थपलियाले जानकारी दिइन् । उनका अनुसार हप्तामा दुई दिन सोमबार र बुधबार न्यायिक इजलास सञ्चालन हुनेछ ।

समितिमा विशेष गरी अंश, जग्गाको सीमाना, छाडा चौपाया, कुटपिट, गालीबेइज्जती, फोहोरमैलालगायतका उजुरीहरु बढी दर्ता हुने गरेको छ । न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म २ सय ४ वटा उजुरी दर्ता भएकोमा १ सय ६३ वटा फस्र्यौट भइसकेको कानुन शाखाकी शाखा अधिकृत थपलियाले जानकारी दियन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर