animated ellipse animated ellipse

अपाङ्गता बालबालिकाका लागि प्रदेशस्तरीय आवासीय विद्यालयको सुदृढीकरण गरिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ जेष्ठ २०७७, शुक्रबार २१:२६
3
Shares
विराटनगर/ प्रदेश १ सरकारले अपाङ्गता बालबालिकाका लागि प्रदेशस्तरीय आवासीय विद्यालयको सुदृढीकरण गर्ने भएको छ ।

सुस्तश्रवण, बौद्धिक अपाङ्गता र दृष्टीविहीन बालबालिकाका लागि प्रदेशस्तरीय आवासीय विद्यालयको सुदृढीकरण गरिने प्रदेश १ सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले विशेष शिक्षा स्रोत कक्षाहरुको सुदृढीकरण गर्ने भएको छ । स्रोत शिक्षकहरूको क्षमता विकास तथा अपाङ्गता भएका बालबालिकाहरूको सर्वाङ्गिण विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारको नीति रहेको छ ।

महिला, अपांगता र सीमान्तकृत भएका व्यक्तिहरुको उच्च शिक्षामा पहुँच वृद्धि गर्न कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेशभित्र सञ्चालनमा रहेका कोचिङ सेन्टर एवम् भाषा शिक्षणका लागि संचालित संस्थाहरुलाई निश्चित मापदण्ड तय गरी नियमित अनुगमन मार्फत व्यवस्थित गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर