खबर पूर्वाञ्चल
कलेजले विराटनगरमा आज एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।
कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल म्यानिजमेन्टमा ९ सय २० जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । अहिले भर्ना भएका १० औं ब्याजका विद्यार्थीहरु हुन् । भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुलाई कलेजको नियमको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा बोल्दै प्रिन्सिपल नेपालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर अगाडी बढने गरेको बताए ।
गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ कान्तिपुर कलेज पर्ने गरेको छ । यस कलेज पढने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङको क्षेत्रमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल हुँदै आएका छन् । त्यसै कारणले पनि विद्यार्थीको रोजाइमा कान्तिपुर पर्ने गरेको हो । विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल छ । यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ ।
कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको छ । ‘भर्ना हुने जति पनि विद्यार्थीहरूलाई हामीले दक्ष प्राध्यापक र शिक्षकहरूले पठन–पाठनको व्यवस्था गरेका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘मेडिकल, इन्जिनियरिङ, सिम्याट, क्षेत्रमा नाम निकाल्न सहज होस भनेर हामीले तयारी कक्षाहरु संचालनमा ल्याएका छौं । त्यसको लागि अनुभवी प्राध्यापकहरू रहेका छन् ।’
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गडतौलाले विद्यार्थीको क्षमता अनुसार गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुपर्ने बताए । उनले बिद्यार्थीको चाहना अनुसार शिक्षा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा दिनुपर्ने बताए । सोही अवसरमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरुलाई कलेजले सम्मान पनि गरेको छ । कक्षा ११ मा कलेजले लिएकोे प्रवेश परीक्षामा १ हजार ३३७ जना विद्यार्थीले परीक्षा दिएका थिए । कलेजका अध्यक्ष खुसिराज श्रेष्ठको अध्यक्षमा उक्त कार्यक्रम भएको थियो ।
तपाईको प्रतिक्रिया