RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल मिल्स क्रिकेट प्रतियोगिताको उपाधि नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०७८, शुक्रबार १८:०१
3.89k
Shares
विश्व किर्तिमानधारी बलर मेहबुब आलम
पुष्पराज थपलिया 
विराटनगर /पूर्वाञ्चल क्रिकेट क्बल विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि नजिक प्रवेश गरेकोे छ ।

पूर्वाञ्चलले आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक मिल्स क्रिकेट क्लव एण्ड एकाडेमीलाई ३९ रनले पराजित गर्दा कम्तीमा नगद ५१ हजार पुरस्कार सुरक्षित गरेको छ । पूर्वाञ्चलले शनिबार हुने अन्तिम सेमिफइनल खेलमा भारतकोे सन्नी क्रिकेट क्लव कटिहार र भारतकै शम्सेर क्रिकेट क्लव कानपुरको विजेतासँग मंगलबार उपाधिकालागि प्रतिस्पर्धा गर्ने छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ३ रनको विशाल स्कोर बनायो । पूर्वाञ्चलका सोनु अन्सारीले प्रतियोगिमा पहिलो अर्ध सतक प्रहर गर्दै ठोस पारि खेलेका थिए । उनले ३९ बलमा ६ छक्का र ८ चौका प्रहार गर्दै ७३ रनको योगदान दिएका थिए । सोनुबाहेक नेपालबाट जर्सीविरुद्धमा हेलीकप्टर सट हानेर चर्चामा आएका नेपालका अन्तर्राष्ट्रिय खेलाडि सिद्धार्थ लोहनीले १८ बलमा ६ छक्का  र १ चौका प्रहार गर्दै ४४ रन बनाउँदा नेपालका पूर्व अलराउण्डर खेलाडि मञ्जित श्रेष्ठले २७ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ४७ रनको कप्तानी इनिङ खेले ।

आयोजका विश्व किर्तिमानी बलर मेहबुव आलमले ३ विकेट लिए । उनले सन २००८ मे २५ तारिखमा जर्सीमा भएको खेलमा मोजाम्विकविरुद्धको खेलमा १० विकेट लिएर विश्व किर्तिमान राखेका थिए । आलम बाहेक भुलवान सहनीले ३ विकेट लिँदा कप्तान मुरली चौधरी र अरनिको यादवले १–१ विकेट लिए ।

जवाफमा २ सय ४ रनको विशाल लक्ष्य पछ्याएको आयोज एमसिसी ‘ए’ ले १८ दशमलव १ बलमा सवै विकेट गुमाउँदै १ सस ६४ रन सिमित भयो । आयोजका नेपालका यू–१९ का पूर्व अन्तर्राष्ट्रिय खेलाडि सन्तोष कार्कीले २४ रन बनाउँदा तिर्थराज दासले ३३ रन जोडे । त्यस्तै नेपालका यू–१९ का पूर्व अन्तर्राष्ट्रिय खेलाडि हसिम अन्सारी र अरनिको यादवले २१–२१ रन बनाए ।
पूर्वाञ्चलका म्यान अफ द म्याच अजय राजवंशीले ४ विकेट दिए । उनले ४ ओभरको स्पेलमा १ मेडन राख्दै ३१ रन दिए । अजयबाहेक कप्तान मन्जित श्रेष्ठ र श्रवण यादवले २–२ विकेट लिँदा नेपालका अन्तर्राष्ट्रिय खेलाडि रसिद खान र जोसन खडकाले १–१ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर