पूर्वाञ्चल खबर


विहिबार राती पानी परेको कारण १० ओभरमा खेलाएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ४ विकेट गुमाई ८३ रनको योगफल तयार पारेको थियो । विराटनगरकी प्रिन्सा राना मगरले २७ रन बनाउँदा सुभेक्छा लिम्बुले १४ रन बनाइन् । एनसीएफकी अनिषा थापाले २ विकेट लिँदा कप्तान झरना घिमिरे र रोजु परियारले १–१ विकेट लिइन् ।

दोस्रो खेलमा राजविराज हवले सिरहा हवलाई ७ विकेटले पराजित गरेको छ । टस हारे ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा ११ दशमलव ४ बलमा सवै विकेट गुमाई ३८ रनमा सिमित भयो । सिरहाकी कप्तान सरस्वती चौधरीले सर्वाधिक अविजित १३ रन बनाइन् । राजविराजकी कप्तान प्लेयर अफ म्याच साक्षी यादवले ६ विकेट लिँदा दिपा राम, अपेक्षा यादव र बन्धना राजकले १–१ विकेट लिइन् । साक्षीले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन मात्र दिइन्
३९ रनको झिनो लक्ष्य पाएको राजविराजले १० दशमलव ३ बलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । राजविराजकी कप्तान साक्षी यादवले सर्वाधिक १५ रनको योगदान दिइन् । सिरहाकी कप्तान सरस्वती चौधरीले १ विकेट लिँदा प्रसिधिका खड्का र मिना महतोले पनि १–१ विकेट लिइन् ।
चैत ३० गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली आयोजक एनसीएफ ११ र मधेस प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम अनुसार टी–२० फरम्याटमा खेलाएको प्रतियोगितामा सहभागी सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।