ऋषिदेवको हत्याको आरोपमा एक जना पक्राउ

खबर पूर्वाञ्चल, ७ जेष्ठ २०७८, शुक्रबार १६:३३

विराटनगर / मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय २३ बर्षीय पुजन राई रहेको मोरङ प्रहरीले जनाएको छ । आज बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा ऋषिदेव शव भटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उक्त हत्याको घटनामा राईको संग्लग्नता रहेको पाएसंगै उनलाई घरैबाट आज विहानै पक्राउ गरेको हो ।

पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५