animated ellipse animated ellipse

वाढी पहिरोबाट क्षति भएका सडक एवं पुलको दशैं आगाडि मर्मत सम्भार गरिने– मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० आश्विन २०८१, आईतवार १६:५५
27
Shares
 विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल बर्षाका कारण वाढी पहिरोबाट भएको सडक, पुल लगायत क्षतिलाई  दशैं अगाडि मर्मतसम्भार  गरिने बताएका छन् ।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले प्रदेश समितिका इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा ध्यानाकर्षण पत्र वुझ्दै उक्त कुरा बताएका हुन् ।
उनले  असोज १३ गते बसेको मन्त्रिपरिषदको वैठकले वाढी पहिरोबाट मृतकहरुहरुप्रति हार्दिक श्रद्धान्जली, वेपत्ताहरुको उद्धार ,खोजी, घाइेतको निशुल्क उपचार र राहत उपलव्ध गराउने निर्णय भएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले  वाढी पहिरोबाट भएको क्षतिहरुको पूर्ण विवरण आएपछि  सम्वन्धित मन्त्रालयहरुले दशैं अगाडि गर्न सक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन दिएको बताए । उनले प्रदेश सरकारप्रति जनताको विश्वास एवं अनुभूति जागृत गराउन सडक , पुल लगायत निर्माण कार्य दु्रत रुपमा गर्न सम्वन्धित मन्त्रालय एवं निकायलाई निर्देशन दिएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले नेपाल सरकार , विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिन भित्र गर्न सक्ने कार्यका लागि प्रमुख सचिवलाई निर्देशन दिएको बताए । सो अवसरमा प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राईले यस विपद्को घडीमा मृतकलाई तत्काल राहत,घाइतेहरुको निःशुल्क उपचार, वेपत्ताहरुको खोजी र विस्ताथिपहरुको पुर्नस्थापना, बालीनालीको क्षति पूर्ति उपलव्ध गराउन आग्रह गरे । उनले प्रदेश सरकारले विशेष विपद प्राधिकरण गठन गरी उद्धार ,राहत पुनसर््स्थापना र पुर्ननिर्माण कार्य शुरु गर्न ध्यानाकर्षण गराए ।
एमाले प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले असोज ११ र १२ गतेको बर्षाका कारण भएको ठूलो जनधनको क्षति एवं  विकास निर्माण संरचना एवं सञ्चारका माध्यामको क्षति पुगेको  चर्चा गर्दै सरकारलाई राहत कार्यमा सरकारलाई सघाउन ध्यानाकर्षण गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर