animated ellipse animated ellipse

स्वरोजगार मुलुकमा शिक्षा आजको आवश्यक्त्ता हो : मोदी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०७९, शुक्रबार १७:४२
153
Shares
विराटनगर / मोरङको वुढीगङ्गा –६ सुकेचर तिलाडठेमा रहेको श्री नारायण माध्यमिक विद्यालयका आज आयोजित स्वर्ण जयन्ती महोत्सवको उपलक्ष्यमा विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक र समाजसेवी लगायतलाई सम्मान एवं विविध कार्यक्रमहरुको आयोजना गरि मनाएको छ ।

विसं २०२९ पुस १ गते निम्न माध्यमिक विद्यालयको रुपमा स्थापित उक्त विद्यालय यस अघि सुकुलमा विद्यार्थीहरुलाई अध्यापन गराउने गरिएको थियो ।

विस २०४६ मा विद्यालयलाई माध्यामिकको रुपमा स्थापित गरिएको प्रधानाध्यापक भरतलाल चौधरीले जानकारी दिए । सो अवसरमा प्रतिनिधि सभाका सदस्य अमनलाल मोदी स्वर्ण जयन्तीको उद्घाटन गर्दै विसं २०३७ का पूर्व विद्यार्थी मञ्चका अध्यक्ष दिनदयाल रिजाल लगायतालाई कदर पत्रद्वारा सम्मान गरे ।

पूर्व विद्यार्थी समेत रहेका प्रतिनिधि सभा सदस्य मोदीले स्वरोजगार मुलुक शिक्षा आजको आवश्यक्त्ता भएकोले यसबाट जनताको जीवनस्तर वृद्धि र मुलुकको समृद्धि कायम हुने बताए । वुढीगङ्गा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापाले विद्यालयलाई राजनीतिबाट मुक्त राखि गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे ।

गाउँपालिकाका उपाध्यक्ष अमृता गच्छदार,पूर्व प्रधानाध्यापक श्यामप्रसाद चौधरी, पशुराम माझी, शान्ती मोदी ,राजन केसी र पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रिजाल लगायतले विद्यालयमा प्राविधकतर्फको १० जोड दुई कक्षा सञ्चालन गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

स्वर्ण महोत्सवको उपलक्ष्यमा विद्यालयको हाताभित्र सरस्वती मन्दिरको प्रतिनिधि सभाका सदस्य मोदी, श्यामप्रसाद चौधरी लगायतले गर्नु भएको छ। विद्यालयमा हाल १७५ छात्रा गरी तीन सय जना अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर