खबर पूर्वाञ्चल
आज आयोजित कार्यक्रममा सेवा समूहले १९ औं वार्षिक साधारणसभाको अवसर पारेर दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । कार्यक्रममा ज्येष्ठ नागरिक टंकप्रसाद सुवेदी र डोलकुमारी खत्रीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नेपाल सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास भएको बताए । उनले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई सबैले अनुकरण गर्नुपर्नेमा जोड दिए । त्यस्तै साहित्यकारसमेत रहेका पूर्वमुख्यसचिव डा. विमल कोइराला, प्राज्ञ दधिराज सुवेदी, वडा नम्बर ३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीलगायतले मन्तव्य व्यक्त गरे ।
सो अवसरमा आयोजक संस्थाका सचिव पदमबहादुर कार्कीले सांगठानिक र कोषाध्यक्ष किशोर भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
तपाईको प्रतिक्रिया