RUMPUM
animated ellipse animated ellipse

हिसान स्पोर्टस् विकको क्रिकेटमा कोशी र कान्तीपुर फाइनलमा फुटबलमा होली चाइल्ड, मर्डन एरा र रेड स्टार ,भलीबलमा मोर्डन एरा, शिक्षादिप र अर्किड तथा बास्केटबलमा शिक्षादिप र विकेभिएम विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०७९, शनिबार १७:२९
1.63k
Shares
विराटनगर / हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको क्रिकेटमा कोशी क्याम्पस र कान्तीपुर कलेज फाइनलमा फुटबलमा होली चाइल्ड कलेज, मर्डन एरा कलेज र रेड स्टार कलेज ,भलीबलमा मोर्डन एरा कलेज, शिक्षादिप कलेज र अर्किड कलेज तथा बास्केटबलमा शिक्षादिप कलेज र विकेभिएम कलेज विजयी भएका छन् ।

आज वैजनाथपुरमा भएको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजलाई ६ विकेटले पराजित गर्दै कोशी क्याम्पस फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १६ ओभरको खेलमा १५ ओभरमा सवै विकेट ६५ रनको योगफल तयार पारेको थियो । जस्मा महमद सवाजुलले १८ रनको योगदान दिए । कोशीका म्यान अफ द म्याच रमेश यादवले ५ विकेट लिए ।

जवाफमा ६६ रनको लक्ष्य पछ्याएको कोशीले ११ दशमलव २ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष पार गरेको थियो । जस्मा अमित राँयले २२ रनको योगदान दिए ।अर्किडका महमद सवाजुल, रुपेश बास्तोला र यस्वराज मगरले १–१.विकेट लिए ।

दोस्रो खेलमा कान्तीपुर कलेजले अरनिको कलेजलाई ४ विकेटले पराजित गदै फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोेले निर्धारित २० ओभरको खेलमा १६ दशमलव १ बलमा सवै विकेट गुमाई ७३ रनको योगफल खडा गरेको थियो । जस्मा सागर मोचीले २४ रन बनाउँदा अंकित मण्डलले २३ रन जोडे । कान्तीपुरका म्यान अफ द म्याच राज वर्माले ४ विकेट लिँदा मनिष मण्डलले २ विकेट विकेट लिए ।

जवाफमा ७४ रनको योगफल पछ्याएको कान्तीपुरले १७ दशमलव २ बल खेल्दै ६ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जस्मा भोला सेठले २८ रन बनाउँदा नवराज संग्रोलाले १२ जोडे । अरनिकोका सुप्रिम बस्नेतले २ विकेट लिए ।

आज विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा उर्लाबारीको होली चाइल्ड कलेजले विराटनगरको विद्या भुमी कलेजलाई २–० को गोल अन्तरले पराजित गदै सेमीफाइनलमा प्रवेश गरेको छ । होलाी चाइल्डका म्यान अफ द म्याच साहिल खडका र अस्वीन राई १–१ गोल गरे ।

दोस्रो खेलमा मेर्डन एरा कलेजले विकेभिएमm कलेजलाई ४–१ को गोल अन्तरले पराजित गदै सेमीफाइनलमा प्रवेश गरेको छ । मोर्डन एराका नविनकुमार चौधरीले २ गोल, आदेश दर्नाल र दिपक सरदारले १–१ गोर गरे भने विकेभिएमका इसान्त कालाखेतीले १ गोल फर्काए । खेलको म्यान अफ द म्याच मोर्डन एराका आलेश दर्नाल घोषित भए ।

तेस्रो खेलमा विराटनगरमा शिक्षादिप कलेजलाई पथरीको रेड स्टार कलेजले ५–० को गोल अन्तरले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । रेड स्तारका संजोग राईले २ गोल, अविशेक तामाङ, सुरज लिम्बु र डेविड लिम्वुले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच रेड स्टारका अविशेक तामाङ घोषित भए ।

आज भएको भलीबलको छात्रतर्फको पहिलो खेल मोर्डन एराले वाक ओभरको आधारमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । मोर्डन एरा र कोबास कलेज विच हसनु पर्ने खेलमा कोबास समयमा मैदानमा आउँन नसकेपछि मोर्डन एरालाई निर्णायकले विजयी घोषित गरे ।

दोस्रो खेलमा शिक्षादिप कलेजले विकेभिएम कलेजलाई २–१ को सेटले पराजित सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षा दिपका सुजव पाण्डे घोषित भए । त्यस्तै छात्राततर्फको खेलमा अर्किड कलेजले शिक्षा दिप कलेजलाई २–० को सेटले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ ।

बास्केट बलमा शिक्षादिप र विकेभिएम फाइनलमा
आज भएको पहिलो खेलमा विकेभिएम कलेज विजयी भई फाक्ष्नलमा प्रवेश गरेको छ । विकेभिएमवाक ओभरको आधारमा विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । विकेभिएमले कोवास कलेजसँग प्रतिूपर्धा गर्नु पर्नेमा कोवास कलेज समयमा मैदान आउँन नसके पछि विकेभिएमलाई रेफ्रिले विकेभिएमलाई विजयी घोषित गरे ।

दोस्रो खेलमा शिक्षादिप कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । शिक्षादिपले सगरमाथा कलेजलाई २४–११ स्कोरले पराजित गरेको हो । खेलको म्यान हफ द म्याच शिक्षादिपका आशुतोष यादवले १० स्कोर गरे ।

टेवल टनिसमा मेरिल्याण्ड र अरनिको कलेजलाई उपाधि

छात्र टिम इभेन्टमा मेरिल्याण्ड कलेज प्रथम हुँदा अरनिको कलेज दोस्रो तथा कान्तीपुर कलेज र अर्किड कलेज तेस्रो भ एभने छात्रातर्फ अरनिको कलेज प्रथम हुँदा सगरमाथा कलेज दोस्रो तथा शिक्षादिप कलेज र मेरिल्याण्ड कलेज तेस्रो भए ।

छात्र एकलमा मेरिल्याण्डका प्रतिकजंग बस्नेत प्रथम हुँदा अरनिकोकाआषिस चौहान दोस्रो तथा लर्डबुद्धका अर्पन भट्टराई र कोशीका प्रत्युस ढकाल तेस्रो भए भ एभने छात्रातर्फ अरनिकोकी चभसिमा बुढाथोकी प्रथम,शिक्षादिपकी अन्जली साह दोस्रो तथा कान्तीपुरकी याना राजभण्डारी र कान्तीपुरकै एन्जीला माझी थारु तेस्रो भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर