RUMPUM
animated ellipse animated ellipse

नेपाल दोस्रो हुने विद्यार्थीलाई हिमालय दर्शन कलेजद्वारा सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०७९, बुधबार १७:५२
2.34k
Shares
विराटनगर / विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजले विआइएममा नेपाल दोस्रो हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

कलेजले आज कलेजमा एक कार्यक्रमको आयोजना गरे विआइएम चौथो सेमेसटरमा नेवाल दोस्रो हुने अञ्जलीकुमारी मण्डल र छैटो सेमेष्टरमा प्रदेश प्रथम हुने कैलाश यादवलाई सम्मान गरेको हो । उनीहरुलाई कलेजका निर्देशकहरु शैलेन्द्र सिवाकोटी र भेषराज पोखरेल तथा क्याम्पस प्रमुख भरत सापकोटाले सम्मान गरे ।

कलेजले कलेजबाट उत्कृष्ट विद्यार्थीलाईलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । आज सम्मानित हुने दुवै विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रवृद्धि दिने क्याम्पस प्रमुख सापकोटाले बताए । हिमालय दर्शन कलेजमा टियुद्वारा मान्यता प्राप्त विविएस, विएचएम, सिएसआइटि, विसिए र विआइएममा पढाइ हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. राम्रो मेहनतको फल पनि राम्रो नै आउछ। यसरी नै आगाडि बडनु बाई बाहिनीहरू

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर