animated ellipse animated ellipse

विराटनगरसहित चार स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी, राति ९ बजेपछि हिँडडुल प्रतिबन्ध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ भाद्र २०७७, शुक्रबार १७:३१
4.76k
Shares
विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले मोरङको विराटनगरसहित चार स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी गरेको छ ।

संक्रमण तीब्र रूपमा फैलिएका कारण प्रशासन कार्यालय मोरङले विराटनगरसहित अन्य तीनवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो ।

आज मध्य राति १२ बजेदेखि लागू हुनेगरी विराटनगर महानगरपालिको सवै वडा, रंगेली नगरपालिकाका चार वटा वडा, कटहरी गाउँपालिकाका पाँच वटा वडा र बुढीगंगा गाउँपालिकाका चार वटा वडामा निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार राति १२ बजेदेखि सुरु हुने निषेधाज्ञा भदौ १० गते राति १२ बजेसम्म कायम रहने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । विराटनगरमा तीन सातादेखि लकडाउनको अवस्था कायम रहेको भएपनि मानिसहरुको आवागमनमा थप कमी ल्याउन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रजिअ निरौलाले बताए ।

उनका अनुसार विराटनगर महानगरपालिकाका सबै वडामा निषेधाज्ञा जारी गरिएको छ । रंगेली नगरपालिकाका ४,५,६ र ७ नम्बर वडा, कटहरी गाउँपालिकाको १,२,३,४ र ५ नम्बर वडा र बुढीगंगा गाउँपालिकाको १,२,३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभर राति ९ बजेबाट हिँडडुल गर्न समेत प्रतिबन्ध लगाएको छ । संक्रमण फैलिएका कारण राति नौ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको हो ।

प्रशासनले निषेधाज्ञा जारी भएको स्थानमा घरबाट बाहिर ननिस्कन अपिल गरेको छ । निषेधाज्ञाको उल्लङ्घन गरे कानूनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

बैठकले मुख्य बजार क्षेत्र भित्र तरकारी तथा फलफूल बिक्री वितरण गर्न नपाइने, खाद्यवस्तुसहित अत्यावस्यक वस्तु पनि बिहान ९ बजेसम्म मात्र बिक्री वितरण गर्न पाइने, कार्यालयहरुले न्यूनतम कर्मचारी मार्फत अत्यावश्यक सेवा मात्र प्रवाह गर्नुपर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर