AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका सभामुख र विराटनगरका मेयरसहित ५४ जनाले गरे मृत्युपश्चात अंग दान गर्ने घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०८०, शनिबार १५:३४
162
Shares
विराटनगर / कोशी प्रदेशका सभामुख बावुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न ‘मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषय अन्तरक्रिया कार्यक्रममा सभामुख गौतम, मेयर कोइरालाले आफ्नो मृत्युपश्चात शरीरका केही अंग दान दिने घोषणा गरेका हुन् ।

कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुधा देवकोटाले पनि मृत्युपश्चात शरीरका केही अंग दान दिने घोषणा गरीन् । ५४ जनाले मृत्युपश्चात शरीरका केही अंग दान दिने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठले जानकारी दिए । अहिलेसम्म देशभरीमा ३ हजारले मृत्युपश्चात शरीरका केही अंग दान दिने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेको उनले बताए ।

मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंग झिक्न कानुनी व्यवस्था रहेको छ । जसमा दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एक वटा कलेजो, मुटु, प्याङ्क्रियाज, एक सानो आन्द्रा पर्छन्,’ डा पुकारचन्द भन्छन्, ‘ऐनले ८ वटा अंग प्रत्यारोपण गर्न मिल्ने व्यवस्था गरे पनि नेपालमा हाल मिर्गौला र कलेजोको मात्र प्रत्यारोपण हुने गरेको छ ।’

अन्य अंगको प्रत्यारोपण सुरु गर्न नेपालमा सोही अनुसारको दक्ष जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको कमी छ । ‘यो चिकित्सा विज्ञानको अत्यन्तै गम्भीर जटिल प्रक्रिया हो । सिप, दक्ष जनशक्ति र पूर्वाधार उत्तिकै राम्रो हुनुपर्छ । अनि मात्र सम्भव छ,’ उनले बताए ।

अंग दानको लागि जनचेतना बढाउनुपर्नेमा जोड
मस्तिष्क मृत्युपश्चता अंग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्युपश्चात अंग दान गर्नको लागि अभिपेरीत गरिनुपर्नेमा बताएका हुन् ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख बावुराम गौतमलले अंग दान जीवन दान मरणोपरान्त अंग दानको लागि जनचेतना फैलाउनुपर्ने बताए । ‘अहिले पनि मस्तिष्क मृत्युपश्चता अंग दानको बारेमा धेरैले बुझेका छैन,’ उनले भने, ‘ऐन बनेको छ । बनेको ऐन कार्यन्वयन गर्दै यस विषयमा जनस्तरमा बुझाउन जरुरी रहेको छ ।’ यसैगरी विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव अगंको सफल प्रत्यारोपणले नागरिकको जीवनलाई गुणस्तरीय बनाइ विरामीको उपचारमा सहज पु¥याउने बताए । अंग दान एउटा महान मानविय कार्य भएकोले मृत्यु पश्चताव डढेर र गलेर जाने अंगले अरुको जीवन बचाउन सकिने भएकोले स्थानीय स्तरमा जनचेतना फैलाउनुपर्ने उनले बताए ।

एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड टेण्डल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मानव अंग प्रत्यारोपणको लागि निजी क्षेत्र र सरकारसँग सहकार्य गरेर अगाढी बढने बताए । आधुनिक र समय सापेक्ष प्रविधिको अवलम्बन गरी थप गुणस्तरीय सेवा प्रवाहको लागि सरकारी निकायसँग निजी क्षेत्रले हातेमालो गरेर अगाडी बढन तयार रहेको उनले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले अंगदानलाई प्रोत्साहान गरेर दुर्घटना ग्रस्त जिवनलाई बचाउनुपर्ने बताए । त्यसको लागि अंगदानको लागि जनस्तरमा जनचेतना जोगाउनुपर्ने उनले बताए ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ आफन्तले ‘ब्रेन डेथ’ भइसकेका व्यक्तिको अंग निकाल्न स्वीकृति नदिँदा संकलन गर्न अफ्ठेरो परेको बताए । ‘अहिलेको संख्या अत्यन्त कम हो । मस्तिष्क मृत्युबारे आफन्तलाई बुझाउन गाह्रो छ । खरानी भएर जाने अंग दिनु न, यसले अरूको ज्यान बचाउन सहयोग गर्छ भन्दा पनि उहाँहरू मान्नु हुन्न । यसबारे जागरुकता अभियान जरुरी छ ।’

नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको छ । तर कार्यान्वयन पक्ष फितलो हुँदा अनुमान गरेअनुसारको सफलता प्राप्त भएको छैन । ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयन पक्ष प्रभावकारी हुने हो भने अंग प्रत्यारोपणमा क्रान्ति आउने डा श्रेष्ठको भनाइ छ ।
नेपालमा अंंग प्रत्यारोपण सुरु गर्न सरकारले ‘मानव शरीरको अंग प्रत्यारोपण ऐन–२०५५’ जारी गरेको थियो ।

२०७२ सालमा ऐनको पहिलो संशोधन पछि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट जीवित व्यक्तिमा अंगदान गर्न पाउने नयाँ व्यवस्था मिलाएको छ । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्य सचिब डा.सुधा देवकोटा, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेललगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर