AArya
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा नेपालमा थप ७१३५ जना संक्रमित निको भए, थपिए ७४२५ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० जेष्ठ २०७८, सोमबार १६:३६
729
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा थप ७१३५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने ७४२५ जनामासंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेकोसंख्या ६ हजार ५३१ पुगेको छ ।

यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर