साविक विजेता प्रतिभालाई पराजित गर्दै झापाको ध्रुवतारालाई मिल्स गोल्डकपको उपाधि

खबर पूर्वाञ्चल, ४ चैत्र २०७९, शनिबार १८:४०
297
Shares

विराटनगर / साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई पराजित गर्दै पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा गोलबजारलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो ।

जितको लागि झापाका गौरव धिमालले दुई गोल र प्रविण राईले एक गोल गरेका थिए । सिरहाको तर्फबाट बिनु आलेमगर र विधान लामाले गोल गरे ।

उपाधिसँगै झापाले २ लाख ११ हजार रुपैयाँ पायो । उपबिजेता सिरहाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो ।

खेल सुरू भएको १६ औं मिनेटमा झापाका गौरव धिमालले गोल गरी अग्रता दिलाए । वादल तमाङ्गले निकालिदिएको क्रस पासलाई गौरवले गोलमा परिणत गरे । ३७ औंं मिनेटमा झापाका प्रविण राईले गोल गरी दोब्बर बनाए । विक्रम राईले निकालेको पास प्रविणले जाली चुमाए ।

दोस्रो हाफदेखि सिरहाले आक्रम खेल पस्कियो । ५० औं मिनेटमा सिरहाका बिनु आले मगरले गोल गरी २–१ को अग्रता बनाए । सिरहाले गोल फर्काएको पाँच मिनेट बित्न नपाउँदै झापाका गौरव धिमालले सेन्टर एरियादेखि बललाई एक्लै अगाडी बढाएर गोलमा परिणत गर्दै टिमको जित सुनिश्चत गरे । सिराहका अब्दुलको शसक्त प्रहार रोक्ने क्रममा झापाका गोलकिप आयूष लिम्बुले पन्च गर्दै उत्कृष्ट बचाए । त्यसपछि दबाब दिएको सिराहका बिधान लामाले इन्जुरी समयमा गोल गरी अग्रता छोट्याएका थिए ।

प्रतियोगिताको म्यान अफ द फाइनल झापाको गौरव धिमाल घोषित भए । यस्तै उत्कष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मिड फिल्डर सिरहाका सुजन पुलामी, डिफेन्स गोलबजारका मुकेस माझी, बेस्ट फरवार्ड झापाका प्रविण राई, उत्कृष्ट कोचमा झापाका सन्दिप मगर घोषित भए । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापाका प्रविण राई घोषित भए ।

सो अवसरमा खेलकुदमा योगदान पु¥याउने तीन जनालाई सम्मान गरियो । जसमा कुमार महर्जन, मनोज खड्का र पप्पु सेनलाई सम्मान गरेको थियो । सम्मानित हुने व्यक्तिहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, ट्रष्टका अध्यक्ष किशोर शाहीले, कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

फागुन २७ देखि संचालन भएको गोल्डकपमा मोफसलका ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५