मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको विशेष प्रहरीले टोलीले चोरीको सात मोटसाइकलसहित पेसेवर गिरोहलाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका १ बुधनगरका २० वर्षिय हरिओम मण्डल, सोही ठाउँका २० वर्षिय पन्नालाल राजवंशी, १८ वर्षिय विशाल राजवंशी, कटहरी गाउँपापलिका २ का २४ वर्षिय मनिष बस्नेत र विराटनगर ४ कञ्चनबारीका २२ वर्षिय प्रकाश राजवंशीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
मोरङको विभिन्न ठाउँदेखि चोरी गरेको मोटसाइकल खरिद गर्ने धनकुटा साँगुरगढी गाउँपालिका १ का ३२ वर्षिय थामबहादुर राई र सोही ठाउँका ३५ वर्षिय मनकाजी राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चोरी आरोपमा पक्राउ परेका मध्ये कटहरीका बस्नेत पटके हुन् । उनी यसअघि पनि चोरी आरोपमा पक्राउ पर्दै छुटदै आएका थिए । पक्राउ परेका पाँच जनाको समूहले प्र. १–०२–०४६ प ६४० नं. बजाज कम्पनीको २२० सिसिको पल्सर, प्र. १–०२–०४७ प ३९२४ नम्बर बजार कम्पनीको १२५ सिसिको पल्सर, को १३ प ८२७५ नं. आरटीआर अपाची, बिआर.३८ डी ४५०४ होण्डा कम्पनप्ीको साइन र प्र १–०२–०४४ प २५७ नं. को बजाज कम्पनीको १५० सिसिको पल्सर मोटसाइकल प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका पेसेवर मोटसाइकल चोरीमा संलग्न रहेको प्रतिवादीहरू रहेको प्रहरीले जनाएको छ । ‘पक्राउ परेका व्यक्तिहरूले तराइको जिल्लाहरूदेखि मोटसाइकल चोरी गर्ने र पहाडी जिल्लामा लगेर बिक्री वितरण गर्ने गरेको पाइयो,’ एसपी कोइरालाले भने, ‘पहाडी जिल्लामा पु¥याएपछि मोटरसाइकल हेरेर मुल्य निर्धारण गर्दो रहेछन् ।’ उनीहरूले ४० देखि ६० हजार रुपैयाँसम्म चोरीको मोटसाइकल बिक्री वितरण गरेको पाइएको छ ।
‘अहिले प्रहरी कार्यालयहरुमा मोटसाइकल चोरीको घटना बढेको भन्दै खोजी गरिदिन आउनेको संख्यामा पनि वृद्धि भएको छ,’ एसपी कोइरालले भने, ‘त्यही भएर अहिले चोरी भएको र हराएको मोटसाइकल खोज्न सादा पोशकको विशेष प्रहरी टोली खटाएका छौं ।’
विराटनगरसहित बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने बिशेष अभियान सञ्चालन गरिरहेको उनले सुनाए । ‘त्यसक्रममा चोरी भएको मोटरसाइकलहरु खोजतलास गरी सम्बन्धित धनिलाई जिम्मा दिएका पनि छौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया